बुधवार, भाद्र ४ २०८२
बुधवार, भाद्र ४ गते २०८२

२०८२, भाद्र ४ गते

20th Aug 2025

    बुधवार, भाद्र ४ २०८२

चितवनका तीन विद्यालयमा एम्बार्क अनम्याथको अन्तरक्रियात्मक तालिम

चितवनका तीन विद्यालयमा एम्बार्क अनम्याथको अन्तरक्रियात्मक तालिम

भाद्र ३, २०८२ मंगलवार
भाद्र ३, २०८२ मंगलवार
  • चितवनका तीन विद्यालयमा एम्बार्क अनम्याथको अन्तरक्रियात्मक तालिम

    सन् २०१२ मा स्थापना भएको एम्बार्क अनम्याथले गणित शिक्षालाई परम्परागत किताब–मुखी अभ्यासबाट बाहिर निकाल्दै रोचक र वास्तविक जीवनसँग जोडिएको सिकाइमा रूपान्तरण गर्दै आएको छ । यही उद्देश्यलाई अघि बढाउँदै, एम्बार्क अनम्याथको टिमले अगष्ट ४ देखि ८ सम्म चितवनका तीन विद्यालय—अङ्कुरम् स्कूल, शिक्षा विकास स्कूल र स्मल हेभन स्कूलमा अन्तरक्रियात्मक कक्षाकोठा तालिम सञ्चालन गरेको थियो ।

    यस तालिमले शिक्षकलाई योजनाबद्ध गतिविधिहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सहयोग पु¥यायो । अवलोकन, नमूना कक्षा, निर्देशन, र शिक्षक–नेतृत्वमा भएका अभ्यास सत्रहरूका माध्यमबाट कार्यक्रमले शिक्षण रणनीति सुधार, कक्षाकोठामा सक्रियता बढाउने र विद्यार्थीलाई आकर्षक सिकाइ अनुभव दिने लक्ष्य राखेको थियो । विद्यालयअनुसार तालिम फरक–फरक ढंगले सञ्चालन गरिएको थियो ।

    अङ्कुरम् स्कूलका शिक्षकहरूले विभिन्न गतिविधिहरु आफैं सञ्चालन गरेका थिए भने, एम्बार्कको टिमले त्यसको अवलोकन गर्दै आवश्यक निर्देशन प्रदान गरेको थियो । शिक्षा विकास स्कूलको टिमले पहिलो दिन नमूना कक्षा प्रदर्शन गरेको थियो भने दोस्रो दिन शिक्षकहरूले आफैं अभ्यास गरेका थिए ।  त्यसैगरी स्मल हेभन स्कूलमा व्यावहारिक अभ्यास सत्रमार्फत शिक्षकहरूले नयाँ विधिहरूमा सक्रिय सहभागिता जनाएका थिए ।

    तालिममा सहभागी शिक्षकहरूले सकारात्मक अनुभव साझा गरेको बताए । स्मल हेभन स्कूलका एक शिक्षकले भने, “विद्यार्थीहरूले गतिविधिहरूमा देखाएको उत्साह हेर्दा हामी यी विधिहरू निरन्तर प्रयोग गर्ने आत्मविश्वास पाएका छौं ।” शिक्षा विकास स्कूलका अर्का शिक्षकले भने, “परम्परागत कक्षामा विद्यार्थीहरू निष्क्रिय रहन्थे तर अब खेल र गतिविधिमा उनीहरू सक्रिय सहभागी बनेका छन ।”

    यस तालिमबाट शिक्षकहरूले नयाँ रणनीतिमा व्यावहारिक अनुभव पाएको बताए भने विद्यार्थीहरूले पनि कक्षामा सक्रिय सहभागिता देखाएका थिए । अब शिक्षकहरू आत्मविश्वासका साथ अन्तरक्रियात्मक कक्षा सञ्चालन गर्न सक्षम भएका छौँ, एक शिक्षकले भने । विशेषगरी शिक्षा विकास स्कूलमा भएको तालिमले शिक्षक र विद्यार्थी दुवैलाई गहिरो प्रभाव पारेको बताए ।

    एम्बार्क अनम्याथले आगामी दिनमा पनि नियमित फलोअप भ्रमण र निर्देशनमार्फत शिक्षक र विद्यार्थीहरुलाई निरन्तर सहयोग गर्ने योजना बनाएको एम्बार्क अनम्याथकी कन्ट्रीहेड मोहिनी श्रेष्ठले बताए।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट