अपर तामाकोशीको जलाशय शनिबार सफा गरिन लागेको छ ।
शनिबार बिहान ५ बजेदेखि राति ८ बजेसम्म दोलखाको विगु गाउँपालिका- १ मा रहेको ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत केन्द्रको जलाशय सफा गर्ने कार्यक्रम रहेको हुनाले सो अवधिभर तामाकोशी बाँधको तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ ।
आयोजनाले तामाकोशी बाँधको तल्लो तटीय क्षेत्रमा पर्ने लामाबगर, छेतछेत, गोंगर, जगत, टुनिटार, जामुने, भोर्ले, सिंगटी, नयाँ पुल, किर्ने, खिम्तीसहित सुनकोशी नदिको दोभानसम्म नै तामाकोशी नदीको पानीको सतह बढ्ने-घट्ने चक्र भइरहने हुनाले सो अवधिभर तामाकोशी नदीमा माछा मार्ने, नुहाउने, पौडी खेल्ने, लुगा धुने, वस्तुभाउ लैजाने, गिटीबालुवा निकाल्ने, गाडी तार्ने जस्ता कार्यहरू नगर्न-नगराउनु हुन तथा नदी किनारमा परम्परा अनुसार मृतकहरूको दाहसंस्कार वा धार्मिक सस्कार गर्नुपर्दा अत्यन्त सतर्कतापूर्वक एवं सावधानीका साथ गर्न गराउन समेत सम्बन्धित सबैमा अनुरोध गरेको छ ।