ताप्लेजुङको फुङलिङ नगरपालिका–१० फुरुम्बुमा फड्केबाट खस्दा साढे दुई वर्षीया बालिकाको ज्यान गएको छ ।
फक्ताङलुङ गाउँपालिका र फुङलिङ नगरपालिकाको सीमानास्थित सिस्ने खोलामा बनाइएको अस्थायी बाँसको फड्के पुलबाट आमा–छोरी चिप्लिएर खोलामा खसेका थिए ।
फुरुम्बुकी शान्ता लिम्बू छोरीलाई बोकेर माइती जाँदै गर्दा चिप्लिएर लडेकी थिइन् । चिप्लिँदा दुवै खोलामा खसेको प्रहरीले जनाएको छ ।
आमा शान्तालाई उनका ससुरा टकबहादुर लिम्बूले सकुशल उद्धार गरे पनि छोरीलाई खोलाले करिब २०० मिटर तल बगाएको र उद्दार गर्ने क्रममा मृत्यु भइसकेको प्रहरीले जनाएको छ । बालिका ढुङ्गामा अड्किएको अबस्थामा उद्धार गर्दा मृत्यु भइसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।