शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

नेपाल भारत सम्बन्ध ऐतिहासिकः परराष्ट्रमन्त्री

नेपाल भारत सम्बन्ध ऐतिहासिकः परराष्ट्रमन्त्री

श्रावण ३०, २०८२ शुक्रवार
श्रावण ३०, २०८२ शुक्रवार
  • नेपाल भारत सम्बन्ध ऐतिहासिकः परराष्ट्रमन्त्री

    परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपाल र भारतबीच ऐतिहासिक मित्रता, आपसी विश्वास र सहकार्य रही आएको बताउँदै आगामी दिनमा यसलाई थप प्रगाढ बनाउनुपर्ने उल्लेख गरेका छन् ।

    भारतको ७९औँ स्वतन्त्रता दिवसका अवसरमा नेपालस्थित भारतीय राजदूताबासद्वारा आज ललितपुरमा आयोजित कार्यक्रममा उनले भारत नेपालको एक असल छिमेकी राष्ट्रका रुपमा रहेको भन्दै दुई देशबीचको सदियौँ पुरानो सम्बन्धका विविध आयामका बारेमा चर्चा गरे ।

    भारतको आर्थिक विकासको असाधारण यात्राको प्रशंसा गर्दै मन्त्री डा राणाले व्यापार, प्रविधि, पूर्वाधार र जनस्तरका आकांक्षाहरुमा दुई देशले संयुक्त सहकार्य विस्तार गरेर अघि बढ्ने पनि बताएका छन्  । नेपाल भारत सम्बन्ध केवल भौगोलिक सीमामा सीमित नरही हिमाल, नदी तथा प्राचीन सभ्यताको साझा ज्ञानले जोडिएको र दुइ देशबीचको साझा संस्कृति र जनस्तरको सम्बन्धले त्यसलाई अटुट बनाएको पनि उनले बताए  ।

    मन्त्री डा राणाले जलवायु परिवर्तन, दिगो विकास र साझा चुनौतीहरूको समाधानमा दुई देशबीचको सहकार्य आगामी दिनहरुमा अझ आवश्यक रहेकोमा पनि जोड दिए । मन्त्री डा राणाले भारतीय विदेशमन्त्री डा एस जयशंकर मार्फत् भारत र भारतीय जनताप्रति स्वतन्त्रता दिवसको हार्दिक बधाई ज्ञापन गर्दै नेपालले भारतसँगको दीर्घकालीन र दिगो साझेदारीलाई उच्च सम्मानका साथ मूल्याङ्कन गरेको बताएन् ।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार