राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक तथा सांसद ज्ञानेन्द्र शाही अहिले अमेरिका भ्रमणमा व्यस्त छन् । त्यहाँ उनले युवा प्रविधि नेताहरूसँग छलफल गरेका छन् ।
उनले लेखेका छन्, ‘नेपालको सांसदको रूपमा, मैले किन्डकोड युएसएमा युवा प्रविधि नेताहरूसँग प्रेरणादायक संवाद गरेको छु । हामीले नेपाल र अमेरिका शिक्षा प्रणालीको भिन्नता र प्रविधि शिक्षाको अपार सम्भाव्यता बारे छलफल गर्यौं।’
उनले यो भेटलाई महत्वपूर्ण सिकाइको अनुभव बताउँदै नेपालीहरूलाई सानै उमेरदेखि व्यावहारिक सीप सिक्न सुझाव दिएका छन् ।
उनले लेखेका छन्, ‘यो एक महत्वपूर्ण सिकाइको अनुभव रह्यो, र म यो सन्देश सम्पूर्ण नेपालीहरूलाई पुर्याउन चाहन्छु : शैक्षिक अध्ययनसँगै, सानै उमेरदेखि व्यावहारिक सीप सिक्न थाल्नुहोस् ।’