शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

इन्द्रसरोवरमा इभी गाडी दुर्घटना

इन्द्रसरोवरमा इभी गाडी दुर्घटना

आषाढ २०, २०८२ शुक्रवार
आषाढ २०, २०८२ शुक्रवार
  • इन्द्रसरोवरमा इभी गाडी दुर्घटना

    मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२, रातमाटेमा इभी गाडी दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् ।

    शुक्रवार दिउँसो हेटौंडाबाट काठमाडौंतर्फ जाँदै गरेको म.प्र.०३–००१ ज ०५५१ नम्बरको इभी गाडी भीमफेदी–कुलेखानी–काठमाडौं सडक खण्डमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार सडकको घुम्तीमा ब्रेक लगाएपछि गाडीको टायर चिप्लिएर सवारी करिब १५ मिटर तल खस्दा दुर्घटना भएको हो ।

    दुर्घटनामा पर्सा जिल्ला, जिरा भवानी गाउँपालिका–३ का ३५ वर्षीय चन्द्र सन्जु गौरे, भारत बिहारका ९ वर्षीय रिसाहद कुमार, ३५ वर्षीय उमाशंकर कुमार, २७ वर्षीय जताशंकर कुमार र राकेश कुमार घाइते भएका छन्।घाइतेहरूलाई थप उपचारका लागि काठमाडौं पठाइएको छ ।

    यस घटनापछि गाडी चालक बारा जिल्लाको परमाणीपुर गाउँपालिका–२ का २२ वर्षीय राजाराम साहलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार