शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

रोजगारीका लागि युके पठाई दिने भन्दै ११ करोड ठगी, दुुई आरोपी पक्राउ

रोजगारीका लागि युके पठाई दिने भन्दै ११ करोड ठगी, दुुई आरोपी पक्राउ

जेठ २७, २०८२ मंगलवार
जेठ २७, २०८२ मंगलवार
  • रोजगारीका लागि युके पठाई दिने भन्दै ११ करोड ठगी, दुुई आरोपी पक्राउ

    वैदेशिक रोजगारीका लागि युके (बेलायत) पठाई दिने भन्दै ११ करोड ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

    पक्राउ पर्नेहरुमा मोरङको रतुवामाई नगरपालिका–१० घर भएका ४४ वर्षीय लक्ष्मण पराजुली र धनुषाको सबेला नगरपालिका–१२ घर भएका ४७ वर्षीय अरुणराज शर्मा छन्। उनीहरुलाई दुवै जनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

    उनीरुलाई नरेफाँटबाट २५ जेठमा पक्राउ गरिएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता काजिकुमार आचार्यले बताए। उनीहरुमाथि थप अनुसन्धान जारी रहेको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता काजीकुमार आचार्यले जानकारी दिए।

    उनीहरुले रोजगारीको लागि बेलायत पठाइदिन्छौँ भन्दै ३८ जनाबाट ११ करोड ६ लाख ९७ हजार रुपैयाँ ठगी गरेको आरोप छ। उनीहरूलाई थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको एसपी आचार्यले बताए।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार