शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

जेठ १५ गते राजावादी प्रदर्शनका दिन ‘हाई अलर्ट’ मा रहन आईजीपी थापाको निर्देशन

जेठ १५ गते राजावादी प्रदर्शनका दिन ‘हाई अलर्ट’ मा रहन आईजीपी थापाको निर्देशन

जेठ ४, २०८२ आइतवार
जेठ ४, २०८२ आइतवार
  • जेठ १५ गते राजावादी प्रदर्शनका दिन ‘हाई अलर्ट’ मा रहन आईजीपी थापाको निर्देशन

    प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापाले राजनीति व्यवस्था र संविधान विरोधी तत्व सल्बलाएको भन्दै यसलाई अत्यन्तै गम्भीरतापूर्वक लिन निर्देशन दिएका छन्। आज आइतबार नेपाल पुलिस क्लबमा उपत्यकाका प्रहरी कार्यालय प्रमुखलाई निर्देशन दिँदै उनले जेठ १५ गते राजावादीले गर्ने भनेको प्रदर्शनमा हाइ अलर्ट (उच्च सतर्क) रहन निर्देशन दिएका हुन्।

    प्रदर्शनका क्रममा हुने कुनै पनि अराजकतापूर्ण गतिविधि सह्य नहुने भन्दै थापाले त्यसका निम्ति सबै प्रहरी युनिटलाई तयारी हालतमा रहनसमेत निर्देशन दिए। थापाले भने, ‘कानूनको कार्यान्वयन, जनताको जीउधनको सुरक्षा र जनजीवनलाई सहज बनाउने कामलाई महत्व दिनुहोला ।’

    पछिल्लो समय प्रहरी कर्मचारीबीच नै कुटपिटको घटना सार्वजनिक भइरहेको विषयमा उनले ड्युटीको क्रममा वा कार्यालयको काममा पनि प्रहरी कर्मचारीले आपसमा झैझगडा गर्ने र हातपात गर्ने जस्ता अमर्यादित कार्य संगठनका लागि सह्य नहुने बताए ।

    ‘त्यसमाथि पनि पब्लिकको अगाडि ठूलो दर्जाको अफिसरले सानो दर्जाको कर्मचारीमाथि हातपात गर्नु एकदमै मर्यादाहीन र संगठनका लागि लज्जास्पद कुरा हो’, आईजीपी थापाले भने। गत साता नागढुंगा चेकपोष्टमा ट्राफिक इन्स्पेक्टरले सिभिल पुलिसका जवानमाथि हातपात गरेको दृश्यले प्रहरी संगठन बदनाम भएको कुरालाई इङ्गित गर्दै थापाले त्यस्तो निर्देशन दिएका हुन्।

    उनले भने, ‘गलत काम गर्ने कुनै पनि प्रहरी कर्मचारीलाई सजाय गर्ने संगठन विधिअनुसार कारवाही हुन्छ नै, अन दी स्पट त्यसरी हातपात नै गर्नु उचित काम होइन ।’

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार