शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

सिद्धार्थ सुरुङमार्ग समयमै निर्माण हुन्छः अर्थमन्त्री पौडेल

सिद्धार्थ सुरुङमार्ग समयमै निर्माण हुन्छः अर्थमन्त्री पौडेल

चैत्र ३०, २०८१ शनिवार
चैत्र ३०, २०८१ शनिवार
  • सिद्धार्थ सुरुङमार्ग समयमै निर्माण हुन्छः अर्थमन्त्री पौडेल

    उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले सिद्धबाबा सुरुङमार्ग निर्माण निर्धारित समयमा नै सकिने बताएका छन् । सुरुङमार्गको निरीक्षण गर्दै उनले समयमा नै निर्माण सकिने र यात्रा सुरक्षित हुने बताए। अर्थमन्त्री पौडेलले सुरुङमार्ग निर्माण समयमै सकिने बताउँदै योजना समयमै सम्पन्न हुने मान्यता स्थापित हुने बताए ।

    ‘सुरुङ निर्माणको काम अन्य पूर्वाधार निर्माण भए जस्तो होइन ।’ उनले भने, ‘यो निकै जटिल र चुनौतीपुर्ण काम हो ।’ यो सुरुङ निर्माण भएपछि यसले पूर्वाधार निर्माणमा एउटा छुट्टै उदाहरण कायम गर्ने उनको भनाई थियो । यो योजना समयमै निर्माण हुँदा अन्य सबै योजनालाई समयमा सक्नका निम्ति यसले प्रेरणा र दबाब दिने पौडेलले बताए ।

    सरकारले यो योजना समयमा सक्नेगरी निर्माण कार्यअगाडि बढाउन जोड दिइरहेको उनले बताए । भौतिक पूर्वाधार मन्त्रालय, अर्थ मन्त्रालय, निर्माण कम्पनी लगायत सम्बन्धित सबै निकायले चासोका साथ समन्वय गरिरहेको अर्थमन्त्री पौडेलको भनाई छ ।

    अर्थमन्त्री पौडेलले उक्त योजनामा काम गरिरहेका सबै मजदुर, कर्मचारी, निर्माण व्यवसायी र सरोकारवालाहरुलाई धन्यवाद व्यक्त गरे । सुरुङमार्ग बनेपछि यस क्षेत्रमा खसिरहने पहिरोका कारण दुर्घटना न्यूनिकरण हुने भन्दै उनले अबको यात्रा सुरक्षित हुने बताए ।

    सुरुङको मुखबाट बाहिर निस्केपछि करिब तल्लो सिद्धबाबा र दोभान साइडतर्फ रकसेड निर्माण हुने छ । राजमार्गमाथि छाना बन्ने र माथिबाट खसेको पहिरो छानाबाट बाहिर जाने मोडलले काम भईरहेको समेत अर्थमन्त्री पौडेलले बताए । सिद्धार्थ राजमार्गको बुटवल पोखरा सडकखण्ड स्तरोन्नति गर्ने कामलाई सरकारले प्राथमिकता दिएको उनले बताए ।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार