आइतवार, भाद्र १ २०८२
आइतवार, भाद्र १ गते २०८२

२०८२, भाद्र १ गते

17th Aug 2025

    आइतवार, भाद्र १ २०८२

‘गुण्डा नाइके’ राजु गोर्खाली पक्राउ

‘गुण्डा नाइके’ राजु गोर्खाली पक्राउ

भाद्र १, २०८२ आइतवार
भाद्र १, २०८२ आइतवार
  • ‘गुण्डा नाइके’ राजु गोर्खाली पक्राउ

    ‘गुण्डा नाइके’ राजु गोर्खाली पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले उनलाई काठमाडौंबाट पक्राउ गरेको हो । ‘विशेष टोलीले चन्द्रागिरी आसपासबाट पक्राउ गरेको हो,’ प्रहरी उच्च स्रोतले भन्यो । उनीमाथि अनुसन्धान भइरहेको उनले बताए ।

    उनीविरुद्ध १० करोड रुपैयाँको चेक बाउन्सको उजुरी छ । उनलाई अहिले जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा राखिएको छ। प्रहरीले उनीमाथि बैंकिङ कसुरको मुद्दामा अदालतबाट म्याद लिएर अनुसन्धान अघि बढाउने तयारी गरिरहेको जनाएको छ ।


    गोर्खाली यसअघि पनि १० वर्ष कैद भुक्तान गरेर निस्किएका व्यक्ति हुन् । ०५८ सालमा काठमाडौँको सुन्धारास्थित बेबी लोन डिस्कोमा रोशन लिम्बूको हत्या अभियोगमा उनी दोषी ठहर भएका थिए । उनैले प्रहार गरेको तरबारले लागेर लिम्बूको ज्यान गएको थियो ।

    बैंकिङ कसुरको अभियोगमा उनलाई पक्राउ गरिएको प्रहरी उच्च स्रोतले जनाएको छ । विभिन्न आपराधिक घटनामा यसअघि पक्राउ परिसकेका उनी सिन्धुपाल्चोकका हुन् । गोर्खाली २०७९ सालको प्रतिनिधिसभा चुनावमा सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसबाट गोर्खाली उम्मेदवार सिफारिस भएका थिए यद्यपि उनले टिकट पाएनन् ।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट