आइतवार, भाद्र १ २०८२
आइतवार, भाद्र १ गते २०८२

२०८२, भाद्र १ गते

17th Aug 2025

    आइतवार, भाद्र १ २०८२

उपनिर्वाचनका कारण सरकार डराएर रविलाई नख्खु कारागार सारियोः दिपक बोहोरा

उपनिर्वाचनका कारण सरकार डराएर रविलाई नख्खु कारागार सारियोः दिपक बोहोरा

श्रावण ३१, २०८२ शनिवार
श्रावण ३१, २०८२ शनिवार
  • उपनिर्वाचनका कारण सरकार डराएर रविलाई नख्खु कारागार सारियोः दिपक बोहोरा

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का  केन्द्रिय नेता दिपक बोहोराले उपनिर्वाचनका कारण रवि लामिछानेलाई सारिएको बताएका छन् । शनिबार नख्खु कारागार परिषद्मा पत्रकारहरुसँग कुरा गर्दै उनले उपनिर्वाचनका कारण सरकार डराएर अहिले रविलाई नख्खु कारागार सारिएको बताएका हुन् ।

    Photo (27).jpg

    उनले भने, ‘सरकार डरायो, भैरहवा राखेर चुनाव जित्छ जस्तो लागेर हो । उपनिर्वाचनका कारण जस्तो देखिन्छ । किनकी जेठ १७ गते आदेश भएको थियो किन त्यसबेला दिएन,’ नेता बोहोराले थप भने, ‘जतिबेला हामीले रवि लामिछानेलाई सारिनुपर्छ, सुरक्षित ठाउँमा, त्यहाँ अप्ठ्यारो छ भनेका थियौँ । मानव अधिकार आयोगले नै किन भन्नुपर्र्यो त ?’ उनले रविलाई जुनसुकै कारागार राखेपनि सुरक्षित हुनुपर्ने बताए ।

    ‘नख्खु राख्दा समस्या भएन, सुरक्षा हुनुपर्यो । पछिल्ला कैलालीका कारागारहरुमा जुन घटनाहरु भईरहेका छन् त्यसले के देखाउछ ? रवि दाई जहाँ भए नि सुरक्षित हुनुपर्र्यो त्यो उनीहरुको जिम्मेवारी हो,’ उनले भने । 

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट