शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

प्रधानमन्त्रीले पेस गरेका उपलब्धि अघिल्लो सरकारको बजेटको प्रतिफल : वर्षमान पुन

प्रधानमन्त्रीले पेस गरेका उपलब्धि अघिल्लो सरकारको बजेटको प्रतिफल : वर्षमान पुन

श्रावण २९, २०८२ बिहिवार
श्रावण २९, २०८२ बिहिवार
  • प्रधानमन्त्रीले पेस गरेका उपलब्धि अघिल्लो सरकारको बजेटको प्रतिफल : वर्षमान पुन

    प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार संसद्मा पेस गरेका उपलब्धि पूर्ववर्ती सरकारको बजेटको प्रतिफल भएको दाबी गरेका छन् । यद्यपि, प्रधानमन्त्री ओलीले गरेका सबै दाबी सत्य नभएको पनि बताएका छन् ।

    आज (बिहीबार) को प्रतिनिधिसभा बैठकको विशेष समयमा माओवादी सांसद पुनले भएका सुधार वर्तमान सरकार आएर रातारात नभएको जिकिर गरेका हुन् । ‘प्रधानमन्त्रीले दाबी गरेका सुधार रातारात भएका होइनन् । अघिल्लो सरकारको बजेटको प्रतिफल हुन् । आर्थिक परिसूचक रातारात सुधार हुँदैनन् । विगत सरकारले काम गरेका कारण केही राम्रो देखिएको हो’, पुनले भने ।

    ओलीले दाबी गरे जस्तो देशमा अर्थतन्त्र सुधार भएको मान्न नसकिने उनले बताए । ‘बैंकमा तरला थुप्रिएको छ । उद्योगी व्यवसायी लगानी गर्न तयार छैनन् । उहाँले गरेको अर्थतन्त्र सुधारको दाबी सुन्निएर मोटाउनु जस्तै हो’, पुनले भने ।

    विद्युत व्यापारको कुरा पनि पूर्ववर्ती पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले गरेको प्रयासको प्रतिफल भएको उनले दाबी गरे । ‘१० वर्षमा १० हजार मेगावाट विद्युत भारतलाई बेच्ने सम्झौता अनुसार विद्युत व्यापार सम्भव भएको हो’, पुनले भने ।

    उपमहासचिव पुनले आफू अर्थमन्त्री रहेको समयमा पर्याप्त बजेट विनियोजन गरेपनि सरकारको व्यवस्थापकीय कमजोरीका कारण किसानले मल नपाएको आरोप लगाए । ‘विपक्षी दलका सांसद मात्र होइन, स्वयं सत्तापक्षका सांसदले किसानले मल नपाएको कुरा ध्यानाकर्षण गराइराख्नु भएको छ । गत वर्षमा २७ अर्ब ९५ करोड रकम विनियोजन गरेको थिएँ, तर किसानले मल पाउन सकेका छैनन्’, उनले भने ।

    सरकारको विरोध गर्ने सबै मतिभ्रष्ट हुन् भन्ने प्रधानमन्त्रीको अभिव्यक्ति आपत्तिपूर्ण रहेको पुनले बताए । बुधबारको प्रतिनिधिसभा बैठकमा ओलीले कांग्रेस र एमाले मिलेर सरकार बनाएपछिको एकवर्षमा देशमा कयौं सुधार भएको दाबी गरेका थिए ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार