शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

बानियाँले मागे सदनमा विश्वासको मत, लामा पक्षले पनि दिने

बानियाँले मागे सदनमा विश्वासको मत, लामा पक्षले पनि दिने

श्रावण २७, २०८२ मंगलवार
श्रावण २७, २०८२ मंगलवार
  • बानियाँले मागे सदनमा विश्वासको मत, लामा पक्षले पनि दिने

    बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बनियाँले सदनमा विश्वासको मत मागेका छन् । पार्टीभित्र असन्तुष्टि बढ्दा विश्वासको मत लिने कार्यसूचीमा एक घण्टा ढिलो प्रदेशसभाको बैठक सुरु भएको थियो ।

    बहादुरसिंह लामा पक्षका १३ सांसदसहित संसदीय दलको बैठकबाट विश्वासको मत दिने निर्णय गरेपछि मुख्यमन्त्री बानियाँ प्रदेशसभा पुगेका हुन् । बानियाँले विशेष परिस्थितिमा बनेको आफू नेतृत्वको सरकारको औचित्य बैठकमा भाषणमार्फत नभई भोलिका कामबाट हुने भन्दै उनले सदनको पूर्ण विश्वास मागेका छन् ।

    लामाले आफ्ना समूहका २ सांसदलाई मन्त्री बनाउनु पर्ने शर्त राखेका थिए । विश्वासको मत लिइसकेपछि उक्त शर्त कार्यान्वयन गर्ने प्रतिवद्धता बानियाँले गरेपछि लामा समूह विश्वासको मत दिन तयार भएको हो ।

    बागमतीमा कांग्रेसका ३७ प्रदेशसभा सदस्य छन् । त्यस्तै एमाले २७, माओवादी केन्द्र २१, राप्रपा १३, नेकपा एकीकृत समाजावादी ७, नेपाल मजदुर किसान पार्टी ३, हाम्रो नेपाली पार्टी २ प्रदेशसभा सदस्य छन् । विश्वासको मत लिन ५६ प्रदेशसभा सदस्यको समर्थन चाहिन्छ ।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार