शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

एनआईसी एसिया बैंकका ग्राहकलाई माउन्टेन ग्लोरी फरेस्ट रिसोर्टमा आकर्षका छुट

एनआईसी एसिया बैंकका ग्राहकलाई माउन्टेन ग्लोरी फरेस्ट रिसोर्टमा आकर्षका छुट

श्रावण २७, २०८२ मंगलवार
श्रावण २७, २०८२ मंगलवार
  • एनआईसी एसिया बैंकका ग्राहकलाई माउन्टेन ग्लोरी फरेस्ट रिसोर्टमा आकर्षका छुट

    एनआईसी एसिया बैंक र माउन्टेन ग्लोरी फरेस्ट रिसोर्ट एन्ड स्पाबीच छुट सम्झौता भएको छ । बैंकका ग्राहकहरूलाई विशेष छुट उपलब्ध गराउने उद्देश्यका साथ सम्झौता गरिएको बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत (प्रमुख सूचना अधिकारी) अर्जुनराज खनियाले जानकारी दिए ।

    उनका अनुसार समझदारीसँगै बैंकका ग्राहकहरूले पोखरामा रहेको माउन्टेन ग्लोरी फरेस्ट रिसोर्ट एन्ड स्पामा सेवा लिई डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । साथै यो सुविधा खाना तथा पेय पदार्थ, स्पा र आवास सेवा लिँदा पनि लागू हुने उनले जानकारी दिए ।

    यस सुविधाको उपभोग गर्न ग्राहकहरूले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक (MoBank) एपमार्फत भुक्तानी गर्नुपर्ने छ ।

    माउन्टेन ग्लोरी फरेस्ट रिसोर्ट एन्ड स्पासँगको यस सहकार्यले यस बैंकका ग्राहकहरूलाई छुट सुविधा उपलब्ध हुनुका साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने विश्वास बैंकको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार