शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

लोसपाका वरिष्ठ नेता झाले दिए राजीनामा

लोसपाका वरिष्ठ नेता झाले दिए राजीनामा

श्रावण २७, २०८२ मंगलवार
श्रावण २७, २०८२ मंगलवार
  • लोसपाका वरिष्ठ नेता झाले दिए राजीनामा

    लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ नेता अनिलकुमार झाले पदबाट राजीनामा दिएका छन् । झाको राजीनामा पार्टीले स्वीकृत समेत गरिसकेको छ । केही महिना अगावै दिएको झाको राजीनामा गत साउन ४ गते पार्टीले स्वीकृत गरेको हो ।

    पार्टीका वरिष्ठ उपाध्यक्ष जितेन्द्र प्रसाद सोनारका अनुसार झाले केही महिना अगावै राजीनामा दिएका थिए । राजीनामा दिएसँगै पार्टीमा उनी निष्क्रिय थिए । ‘उहाँले धेरै अगाडि नै राजीनामा बुझाउनु भएको हो, पार्टीमा । त्यससँगै उहाँ निष्क्रिय हुनुहुन्थ्यो । पछिल्ला बैठकहरूमा उहाँ उपस्थित हुनु हुन्नथ्यो,’ सोनारले भने, ‘अहिले राजीनामा दिइसक्नु भएको हो ।’

    झा अब सद्भावना पार्टीमा समाहित हुँदैछन् । आफू सद्भावनामा समाहित हुनकै लागि लोसपाबाट अलग भएको झाले बताए । सद्भावनालाई मातृपार्टी भन्दै झाले भने, ‘सबै नेताहरू मातृपार्टीतिर फर्किदै छन् । यो सन्दर्भमा मैले पनि त्यही गरेको हुँ । अब म मातृपार्टीतिरै फर्किन्छु । त्यहींबाटै राजनीतिक जीवनलाई अगाडि बढाउँछु ।’

    झा विद्यार्थीकालदेखि नै राजनीतिमा सक्रिय छन् । सद्भावना पार्टीमा आवद्ध भएर राजनीतिक जीवन सुरु गरेका उनी लामो समय सोही पार्टीमा रहे । पार्टी विभाजनको क्रममा उनी विभिन्न पार्टीमा आवद्ध हुँदै पछिल्लो समय महन्थ ठाकुर नेतृत्वको लोसपामा थिए । तर, अब लोसपा छोडेर पुनः सद्भावनामै फर्किदै छन् ।

    उनी २०७४ सालको संसदीय निर्वाचनमा रौतहट क्षेत्र नं. १ बाट प्रत्यक्ष निर्वाचित भएका थिए । त्यसपछि झा खानेपानीमन्त्री समेत भएका थिए । पछिल्लो संसदीय निर्वाचनमा भने उनी पराजित भएका थिए ।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार