शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

रासायनिक मल अभाव बारे प्रधानमन्त्री ओलीले कृषिमन्त्रीसहित छलफल गर्दै

रासायनिक मल अभाव बारे प्रधानमन्त्री ओलीले कृषिमन्त्रीसहित छलफल गर्दै

श्रावण २७, २०८२ मंगलवार
श्रावण २७, २०८२ मंगलवार
  • रासायनिक मल अभाव बारे प्रधानमन्त्री ओलीले कृषिमन्त्रीसहित छलफल गर्दै

    प्रधानमन्त्री केपी शर्मा ओलीले रासायनिक मलको सहज आपूर्ति, खेतीको अवस्थालगायत विषयमा आज कृषि तथा पशुपंक्षी विकासमन्त्री, सचिव र सम्बन्धित निकायका अधिकारीसँग आज छलफल गर्न लागेका छन् ।

    प्रधानमन्त्रीले सो विषयमा छलफल गर्न दिउँसो कृषिमन्त्री रामनाथ अधिकारी, सचिव डा गोविन्दप्रसाद शर्मा र कृषि सामग्री कम्पनी लिमिटेडका पदाधिकारीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदबारमा बोलाएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । 

    किसानलाई आवश्यक पर्ने मलको मौज्दात हुँदा र थप मल आउने क्रम जारी रहँदा पनि किसानले समयमा मल नपाएको गुनासो आएपछि प्रधानमन्त्री ओलीले समस्या समाधानमा उच्च प्राथमिकता दिँदै आएका छन् ।

    प्रधानमन्त्री ओलीले खेतीपातीको समय हुनु अगावै कृषिमन्त्रीसहित सम्बन्ध अधिकारीसँगको छलफलमा मलको अभाव नहुने गरी काम गर्न र नेपालमै रासायनिक मलको उत्पादन कारखाना खोल्न तथा प्राङ्गारिक मलको उत्पादन र प्रयोग बढाउने योजना ल्याउन निर्देशन दिएका थिए ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार