शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

ट्रम्प र पुटिन आगामी शुक्रबार भेटवार्ता गर्दै

ट्रम्प र पुटिन आगामी शुक्रबार भेटवार्ता गर्दै

श्रावण २४, २०८२ शनिवार
श्रावण २४, २०८२ शनिवार
  • ट्रम्प र पुटिन आगामी शुक्रबार भेटवार्ता गर्दै

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी शुक्रबार अमेरिकी राज्य अलास्कामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई भेट्ने घोषणा गरेका छन् । डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति पुटिनसँगको बहुप्रतिक्षित भेटघाट अर्को शुक्रबार, अगस्ट १५, २०२५ मा अलास्काको ग्रेट स्टेटमा हुने जानकारी दिएका हुन् ।

    अलास्कामा भ्लादिमिर पुटिनसँगको भेटघाटको घोषणापछि, रुसी राष्ट्रपतिका सहायक युरी उशाकोभले भने- 'रूस र अमेरिका नजिकका छिमेकी हुन्, जसले एकअर्कासँग सीमा साझा गर्छन् । दुई देशका नेताहरू बीचको यस्तो महत्त्वपूर्ण र प्रत्याशित शिखर सम्मेलन अलास्कामा हुनु राम्रो हो ।

    उशाकोभका अनुसार, अलास्का पछिको अर्को शिखर सम्मेलन मस्कोमा हुन सक्छ र यसको लागि निमन्त्रणा पहिले नै दिइसकिएको छ । यसअघि २०१३ मा अमेरिकी राष्ट्रपति बाराक ओबामाले रुसको भ्रमण गरेका थिए ।

    ट्रम्प र पुटिनबीचको यो भेटवार्ता युक्रेन युद्धमा केन्द्रित हुने बताइएको छ ।

    अमेरिकाले युक्रेनमा युद्धविराम सम्झौतामा सहमत हुन रूसी राष्ट्रपतिलाई समयसीमा तोकेको समयमा ट्रम्प र पुटिनबीच भेटवार्ता हुन लागेको हो । केहि दिन अघि मात्र ट्रम्पका विशेष दुत स्टिभ विटकफले मस्को पुगेर पुटिनसँग छलफल गरेका थिए । यस भेटवार्ता बारे युक्रेनबाट कुनै आधिकारिक प्रतिक्रिया प्राप्त भएको छैन।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार