शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

रास्वपाबाट रुपन्देही- ३ को उपनिर्वाचनमा उम्मेदवार बन्न ९ जनाको आवेदन

रास्वपाबाट रुपन्देही- ३ को उपनिर्वाचनमा उम्मेदवार बन्न ९ जनाको आवेदन

श्रावण २२, २०८२ बिहिवार
श्रावण २२, २०८२ बिहिवार
  • रास्वपाबाट रुपन्देही- ३ को उपनिर्वाचनमा उम्मेदवार बन्न ९ जनाको आवेदन

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले रुपन्देही ३ मा हुने उपनिर्वाचनको लागि आवेदन दिएका इच्छुक व्यक्तिहरूको नामावली  सार्वजनिक गरेको छ ।

    बिहीबार रास्वपाले उम्मेदवार बन्न आवेदन दिएकाको सूची सार्वजनिक गरेको हो । उम्मेदवार बन्नका लागि ९ जनाले आवेदन दिएका छन्। जसमा पार्थिवेन्द्र उपाध्याय, शुलभ खरेल, डा. लेकजंग थापा, ज्ञानु पौडेल, जित बहादुर गुप्ता, कुशम महर्जन, रचना क्षेत्री, पुनमकुमारी अग्रहवाल र मधुप्रसाद अर्याल रहेका छन् । 

    रास्वपाले आवेदनको लागि साउन ७ गते बिहान १० बजेदेखि २१ गते बेलुका ५ बजेसम्मको समयसीमा तोकेको थियो । दर्ता भएका उम्मेदवारीमाथि शुक्रबार बिहान १० बजेदेखि शनिबार ५ बजेसम्म दाबी विरोध गर्न सक्ने रास्वपाले जनाएको छ । 

    त्यस्तै रास्वपाले साउन २५ गते उम्मेदवारहरूसँग छलफल गर्ने, २६ गते प्रारम्भिक उम्मेदवारको नामावली प्रकाशित गर्ने, साउन २६ देखि भदौ ११ गतेसम्म पार्टीले अवलम्बन गरेको उम्मेदवार छनोट विधि अनुसार मापन गरिने र भदौ १२ गते बिहानदेखि साँझ ५ बजे उम्मेदवार छनौटका लागि प्रारम्भिक मतदान हुने रास्वपाले जनाएको छ ।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार