शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

ललितकलामा ‘एआई’को प्रयोग उपयोगी

ललितकलामा ‘एआई’को प्रयोग उपयोगी

श्रावण २२, २०८२ बिहिवार
श्रावण २२, २०८२ बिहिवार
  • ललितकलामा ‘एआई’को प्रयोग उपयोगी

    नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले कृत्रिम बौद्धिकता (एआई) को प्रयोग समयसापेक्ष रूपमा हुन जरुरी रहेको बताएका छन् । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा बुधबार आयोजित ‘ललितकलामा एआई’ विषयक अन्तरक्रियामा उनले ‘‘एआई जेनेरेटेड’ कलाको पहिचान गर्ने मानक तयार गरी ललितकलामा पहिचान तथा स्थान दिन सकिने बताए । 

    कुलपति हार्तम्छालीले ललितकलामा एआईको समयसापेक्ष उपयोग अपरिहार्य भएको उल्लेख गरे ।  प्रतिष्ठानका सदस्यसचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ले एआईलगायतका प्रविधिलाई अनुकूल प्रयोग गरेमा त्यसले सकारात्मक परिणाम दिने बताए । समयअनुसार प्रविधिको विकासलाई ग्रहण गर्दै जानुपर्ने र यसले सिर्जनशील कलाकारहरूलाई थप मद्दत गर्ने उनको धारणा थियो ।

    त्यस अवसरमा लेखक/पत्रकार अजय शर्माले एआई सो विषयमाथि प्रस्तुति दिँदै एआईको पृष्ठभूमि, विकास, ललितकलामा यसको प्रयोग र प्रभावका बारेमा प्रकाश पारेका थिए । शर्माको प्रस्तुितमाथि नेपाल ललितकला पत्रकार समाज (सोफाज) का अध्यक्ष केशवराज खनालले टिप्पणी गरेका थिए । उनले एआईको व्यापक प्रयोगले भविष्यमा आउन सक्ने चुनौतीबारे पनि समयमै सचेत हुनुपर्ने  र एआई जेनेरेटेड कलालाई वर्गीकृत गर्न आवश्यक रहेको बताए ।

    प्रतिष्ठानका बहुआयामिक तथा अन्य सिर्जनात्मक कला विभाग प्रमुख सौरगङ्गा दर्शनधारीले एआईको प्रयोग सही निर्देशनविना अर्थपूर्ण नरहने र सोका लागि विस्तृत ज्ञान आवश्यक रहेको बताउँदै विषयवस्तुको स्रोतबारे सचेत रहन आवश्यक रहेको धारणा राखे ।

    कार्यक्रममा प्राज्ञ नरेन्द्रप्रसाद भण्डारी, प्राज्ञ मुकेश मल्ल, कलाकार दिवेशमान सिंह प्रधान, प्राज्ञ कृष्णराज सर्वहरि, रमेश दाहाल, पत्रकार सुनील पौडेललगायतले प्रस्तुतिका विषयमा आफ्ना विचार तथा जिज्ञासा राखेका थिए । समारोहमा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका पदाधिकारी, कलाकार, पत्रकारलगायतको सहभागिता रहेको थियो । 

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार