शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

रास्वपाले टोल समन्वय समूह बनाउने, रविको पक्षमा ३२ लाख हस्ताक्षर र ५६ लाख सहयोग

रास्वपाले टोल समन्वय समूह बनाउने, रविको पक्षमा ३२ लाख हस्ताक्षर र ५६ लाख सहयोग

श्रावण २०, २०८२ मंगलवार
श्रावण २०, २०८२ मंगलवार
  • रास्वपाले टोल समन्वय समूह बनाउने, रविको पक्षमा ३२ लाख हस्ताक्षर र ५६ लाख सहयोग

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले टोल समन्वय समूह बनाइ वडा भन्दा तल्लोस्तरमा रहेर अभ्यास गर्ने भएको छ ।

    पार्टी केन्द्रीय कार्यालय चःमतीमा बसेको पार्टीको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । वडा भन्दा तल पनि आफ्नो पार्टीको संगठन विस्तार गर्ने उद्देश्यले टोल समन्वय समूहको परिकल्पना गरिएको पार्टीका प्रवक्ता मनिष झाले जानकारी दिए ।

    उनकाअनुसार समूहको संयोजक टोल समन्वय समूह रहने र पालिका अधिवेशनको प्रतिनिधि बन्न पाउने बताए।बैठकले रूपन्देही उपनिर्वाचनको लागि दल दर्ता गर्ने निर्णय गरेको छ ।

    उनले भने, ‘अबदेखि टोल समन्वय समूहको परिकल्पना गरेर रास्वपाले वडा भन्दा तल पनि अभ्यास गर्ने निर्णय गरेको छ। हरेक टोलमा सदस्यता विस्तार गर्ने र एउटा जिम्मेवारी राख्ने । सो समूहमा रहेको संयोजक, उपसंयोजक, टोल सदस्यहरू त्यसरी हुन्छ । टोल समूहका संयोजक वडा परिषदमा सदस्य हुनु हुनेछ । पालिका अधिवेशनको प्रतिनिधि हुनु हुनेछ ।’

    केन्द्रीय समितिको बैठक साउन २३ गते पार्टी केन्द्रीय कार्यालयमा १ बजे बस्ने निर्णय समेत गरेको उनले बताए । हालसम्म पार्टी सभापतिको पक्षमा ५६ लाख रूपैयाँ सहयोग र ३२ लाख हस्ताक्षर संकलन भएको उनले जानकारी दिए ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार