शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

उत्तराखण्डको बाढीमा ५० भन्दा बढी बेपत्ता, चार जनाको मृत्यु

उत्तराखण्डको बाढीमा ५० भन्दा बढी बेपत्ता, चार जनाको मृत्यु

श्रावण २०, २०८२ मंगलवार
श्रावण २०, २०८२ मंगलवार
  • उत्तराखण्डको बाढीमा ५० भन्दा बढी बेपत्ता, चार जनाको मृत्यु

    भारतको उत्तराखण्डको उत्तरकाशीमा बादल फुटेर आएको भयानक बाढीले तहसनहस बनाएको छ ।

    हर्षिल क्षेत्रमा रहेको खीर गंगाको पानीको सतह अचानक बढेपछि धराली गाउँ डुबाएको थियो । यस घटनामा अहिलेसम्मको जानकारी अनुसार चार जनाको मृत्यु भएको छ र ५० भन्दा बढी बेपत्ता रहेको रिपोर्टमा बताइएको छ । भारतीय समाचार एजेन्सी एएनआईले बाढीले ४० देखि ५० घर बगाएको उल्लेख गरको छ ।

    उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले घटनाप्रति दुःख व्यक्त गर्दै वरिष्ठ अधिकारीहरूसँग निरन्तर सम्पर्कमा रहेको र राहत तथा उद्धारमा ध्यानकेन्द्रित गरेको बताएका छन् । 

    विपद् प्रभावित धराली गाउँबाट करिब चार किलोमिटर टाढा एउटा सेनाको शिविर पनि बाढीको चपेटामा परेको छ । पहिरो र बादल फुटेको यस घटनामा सेनाको शिविर र उद्धार टोलीको एक भाग पनि प्रभावित भएको छ ।

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उत्तराखण्डमा भएको यो ठूलो प्राकृतिक प्रकोपप्रति दुःख व्यक्त गरेका छन् । त्यस्तै केन्द्रीय गृहमन्त्री अमित शाहले प्रभावित क्षेत्रमा तीनवटा आईटीबीपी टोली पठाइएको बताएका छन् । यससँगै चारवटा एनडीआरएफ टोली पनि घटनास्थलमा पठाइएको उनले बताएका छन् ।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार