शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

सिटी एक्सप्रेसका संस्थापक चन्द्र टण्डन र राजदूत पौडेलबीच भेटवार्ता

सिटी एक्सप्रेसका संस्थापक चन्द्र टण्डन र राजदूत पौडेलबीच भेटवार्ता

श्रावण २०, २०८२ मंगलवार
श्रावण २०, २०८२ मंगलवार
  • सिटी एक्सप्रेसका संस्थापक चन्द्र टण्डन र राजदूत पौडेलबीच भेटवार्ता

    सिटी एक्सप्रेस मनि ट्रान्सफरका संस्थापक चन्द्र टण्डन र पोर्चुगलस्थित नेपाली राजदूत प्रकाशमणि पौडेलबीच भेटवार्ता भएको छ ।

    भेटमा बिदेशी प्रत्यक्ष लगानी भित्र्याउनका लागि आवश्यक रणनीतिबारे छलफल भएको थियो । साथै, उत्पादनशील क्षेत्रहरु र प्रविधि स्थानान्तरणमा रेमिट्यान्स लगानीलाई समर्थन गर्न औपचारिक नेटवर्कहको स्थापना गर्ने, साहसिक पर्यटन, सांस्कृतिक सम्पदा र आध्यात्मिक रिट्रीटहरूको लागि नेपाललाई शीर्ष गन्तव्यको रूपमा प्रवद्र्धन गर्ने बिषयमा छलफल भएको थियो ।

    उक्त छलफल कार्यक्रममा पोर्चुगलमा रहेका नेपालीहरुका समस्या समाधानका लागि आफू लागि परेको र नेपाली आप्रवासीहरुको कल्याण र अधिकार सुनिश्चित गर्ने कार्य भैरहेको राजदूत पौडेलले बताए । उनले पोर्चुगलमा नेपाली उत्पादनहरूको प्रवद्र्धन गर्ने प्रभावकारी योजना बनिरहेको जानकारी दिए ।

    पोर्चुगलमा रहेको नेपाली मिसन र सीएनआईबीचको संस्थागत सम्बन्धको बारेमा पनि छलफल भएको थियो । चन्द्र टण्डन ग्लोबल बिजनेस तथा डायस्पोरा समितिका सभापति तथा नेपालका लागि केन्याका अवैतनिक वाणिज्यदूत समेत हुन् ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार