शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

हायु परिवार आफ्नै गाउँ फर्कियो

हायु परिवार आफ्नै गाउँ फर्कियो

श्रावण १९, २०८२ सोमवार
श्रावण १९, २०८२ सोमवार
  • हायु परिवार आफ्नै गाउँ फर्कियो

    सिन्धुलीको हायु परिवार आफ्नै गाउँ फर्किएको छ । सिन्धुलीबाट सुटुक्क पोखरा आइपुगेको हायु परिवार पोखराको गगनगौंडामा आश्रय लिएर बसेको थियो । उनीहरूलाई पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सिन्धुलीसम्म पुग्ने बसको व्यवस्था गरी बिदाइ गरेका हुन् ।

    सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ छेत्पाको हायु परिवारलाई गाउँ फर्कनका लागि सोही वडाका अध्यक्ष रविन कुमार श्रेष्ठले पनि पहल गरिरहेका थिए । स्थानीय रूपमा पोखरा महानगरपालिका-३० का वडा अध्यक्ष दुर्गा सुवेदी लगायत व्यवस्थापन गरेका थिए । 

    सिन्धुली पुगेपछि उनीहरूका लागि बस्ने व्यवस्था गर्ने वडा अध्यक्ष श्रेष्ठको भनाई छ । आवश्यक परे बालबालिकाहरूको शिक्षादीक्षाका  लागि  थप सहयोगमा लागि आफूहरू तयार रहेको नगर प्रमुख आचार्यले बताएका छन् ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार