शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

जनार्दन शर्माले गरेनन् आत्मालोचना

जनार्दन शर्माले गरेनन् आत्मालोचना

श्रावण १९, २०८२ सोमवार
श्रावण १९, २०८२ सोमवार
  • जनार्दन शर्माले गरेनन् आत्मालोचना

    नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले माओवादी स्थायी कमिटी बैठकमा आत्मालोचना नगरेको खुलेको छ ।   

    माओवादीकेन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले शर्माले माइनुटमा हस्ताक्षर गर्छु भनेको तर आत्मालोचना नगरेको बताएका छन् । शर्माले साउन ६ गते दिएको अभिव्यक्ति बारे आत्मालोचना नगरेको बताउदै यस विषयमा फेरी उच्च तहमा छलफल हुने सहमति भएको सापकोटाले बताएका छन् ।

    उनले भने- 'प्रभाकरको विषयमा छलफल धेरै स्पष्ट र बिस्तृत रुपमा चल्यो, असाध्यै कमरेडली भावनामा छलफल भयो । जस्तो उहाँले माइन्युटमा साइन गर्नु भएको थिएन नी, अब माइन्यूटमा सहि गर्छु भन्नु भएको छ । बैठकमा स्थायी कमिटीले भनेका कुरामा, अध्यक्षले भनेका कुरामा महसुस गर्नु भएको छ । उहाँले साउन ६ गते दिएको अभिव्यक्तिको विषयमा आत्मालोचना त गर्नु भएको छैन तर के कुरामा समझदारी भएको छ भने त्यस विषयमा उच्च भावनाका साथ कमिटीहरुमा छलफल गर्दै सहमतिमा जाने छलफल भएको छ । बजारमा चर्चा चलेको थियो नि पार्टी फुट्छ भन्ने चर्चा चलाइएको थियो नि त्यसलाई खारेज गर्दै पार्टीलाई एकताबद्ध बनाउदै जान स्थायी कमिटी बैठक स्द्ल भएको छ ।'

    सापकोटाले पूर्ण एकताबद्ध भएर अगाडी बढ्छ र विगतमा भएका दुष्प्रचारलाई स्थायी कमिटीको एकताबद्ध संकल्पले खारेज गरेको बताए ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार