शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

प्रचण्ड राजनेताका रुपमा देखिनुभएको छ, यो बेला विरुद्धमा उफ्रनु ठीक हुँदैन: देव गुरुङ

प्रचण्ड राजनेताका रुपमा देखिनुभएको छ, यो बेला विरुद्धमा उफ्रनु ठीक हुँदैन: देव गुरुङ

श्रावण १९, २०८२ सोमवार
श्रावण १९, २०८२ सोमवार
  • प्रचण्ड राजनेताका रुपमा देखिनुभएको छ, यो बेला विरुद्धमा उफ्रनु ठीक हुँदैन: देव गुरुङ

    प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले आफ्नो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ राजनेताका रुपमा देखिएका बेलामा नेतृत्वविरुद्ध बोल्नु ठीक नभएको बताएका छन् ।

    आज (सोमबार) माओवादी केन्द्रको स्थायी समिति बैठकमा धारणा राख्दै उनले भने, ‘अध्यक्षको नेतृत्व सर्वमान्य रहेको, राजनेताको रुपमा स्थापित भएको देखिँदा यो हाम्रो लागि सुनौलो अवसर हो । यस्तो बेलामा लिडरसीपको बारेमा बोलेर उफ्रनु ठीक हुँदैन ।’

    नेतृत्वमाथिको प्रश्न भनेको विचारको सवाल भएको भन्दै उनले उत्तराधिकारी बनाउने तोकेर नहुने समेत बताएका छन् । ‘लिडरसीपमाथिको प्रश्न भनेको विचार र कन्टेन्टको सवाल हो,’ गुरुङले भने, ‘उत्तराधिकारी बनाएर बन्ने विषय होइन । तोकेर हुने कुरा होइन । आन्दोलनका क्रममा हुने कुरा हो ।’

    अध्यक्षमा नै केन्द्रित हुनुपर्नेमा जोड दिँदै उनले थपे, ‘सोपान क्रम त हुन्छ, सामान्यरुपमा पदाधिकारी नै सोपान क्रम हो । अध्यक्षमा केन्द्रीयताको कुरा हो ।’ ‘बाबुराम र किरणजीहरूले पनि पार्टीमा पुस्तान्तरणको कुरा उठाउनु भएको थिएन,’ बैठकमा गुरूङले राखेको धारणा उधृत गर्दै स्रोतले सुनायो, ‘अहिले नेतृत्वमा पुस्तान्तरणको कुरा गर्न खोज्नु गलत छ ।’ उनले आन्दोलनले नै नेता जन्माउने र बनाउने भएकाले प्रचण्ड नै अहिलेको नेता भएको बताए ।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार