शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

सप्तकोशी नदीमा पानीको बहाव उच्च, २३ ढोका खोलिए

सप्तकोशी नदीमा पानीको बहाव उच्च, २३ ढोका खोलिए

श्रावण १९, २०८२ सोमवार
श्रावण १९, २०८२ सोमवार
  • सप्तकोशी नदीमा पानीको बहाव उच्च, २३ ढोका खोलिए

    लगातारको वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव उच्च भएको छ ।

    आइतबार साँझ कोशी ब्यारेजमा प्रतिसेकेण्ड १ लाख ९१ हजार २१० क्यूसेक पानीको बहाव मापन गरिएको थियो। आज बिहान पनि बहाव उच्च नै रहेको र १ लाख ७५ हजार ६८५ क्यूसेक प्रतिसेकेण्ड मापन गरिएको सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापाले जानकारी दिए ।

    ब्यारेजमा रहेका ५६ वटा ढोकामध्ये अहिले २३ वटा ढोका खोलिएको छ । जब कोशी ब्यारेजमा १ लाख ५० हजार क्यूसेकभन्दा माथि पानीको बहाव पुग्छ, तब सर्वसाधारणलाई सचेत गराउन खतराको रातो बत्ती बाल्ने गरिन्छ । अहिले पनि सोहीअनुसार रातो बत्ती बालिएको कोशी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ ।

    २०६५ साल भदौ २ गते पनि १ लाख ६८ हजार क्यूसेक पानीको बहाव हुँदा सप्तकोशी नदीले पूर्वी तटबन्ध भत्काएको थियो । त्यसैले अहिलेको बहावलाई गम्भीरताका साथ लिइएको छ । २०६५ भदौ २ गते एक लाख ६८ हजार क्यूसेक पानीको बहाब हुँदा सप्तकोशी नदीले पूर्वी तटबन्ध भत्काएको थियो ।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार