शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

हलेसी दर्शन गरेर फर्किदै गरेको गाडी भीरबाट खस्यो

हलेसी दर्शन गरेर फर्किदै गरेको गाडी भीरबाट खस्यो

श्रावण १९, २०८२ सोमवार
श्रावण १९, २०८२ सोमवार
  • हलेसी दर्शन गरेर फर्किदै गरेको गाडी भीरबाट खस्यो

    खोटाङको हलेसीबाट फर्किदै गरेको गाडी आज बिहान जयरामघाटमा भीरबाट खसेको छ । सिरहाबाट रिजर्भ लिएर गएको उक्त विङ्गर गाडीमा १८ जना तीर्थालु सवार रहेको प्रहरीले जनाएको छ ।

    इलाका प्रहरी कार्यालय हलेसी महादेवस्थान खोटाङका प्रहरी निरीक्षक हेमन्त राईका अनुसार गाडी भीरबाट करिब डेढ सय मिटर तल खसेर दुर्घटना भएको हो । प्रहरीले सबै यात्रुलाई उद्धार गरी घुर्मी अस्पताल पुर्‍याएको छ ।

    घाइतेमध्ये १२ जनाको अवस्था गम्भीर रहेको राईको भनाइ छ । एम्बुलेन्स नभएकोले घाइतेलाई प्रहरीको गाडीमा हालेर अस्पताल लगिएको छ । घाइतेमध्ये केहीको मृत्यु हुन सक्ने प्रहरीको अनुमान छ ।

    दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार