शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

अब सेयर खाता खोल्न राष्ट्रिय परिचय पत्र अनिवार्य

अब सेयर खाता खोल्न राष्ट्रिय परिचय पत्र अनिवार्य

श्रावण १६, २०८२ शुक्रवार
श्रावण १६, २०८२ शुक्रवार
  • अब सेयर खाता खोल्न राष्ट्रिय परिचय पत्र अनिवार्य

    अबदेखि सेयर कारोबारको नयाँ खाता खोल्दा राष्ट्रिय परिचय पत्र (NID) अनिवार्य गरिएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सार्वजनिक सूचना जारी गर्दै सबै ब्रोकर कम्पनीहरूलाई नयाँ खाता खोल्दा अनिवार्य रूपमा राष्ट्रिय परिचय पत्र नम्बर समावेश गर्नुपर्ने व्यवस्था लागू गरेको जनाएको छ ।

    नेप्सेले यस सम्बन्धमा सबै ब्रोकरहरूलाई औपचारिक रूपमा पत्राचार गरिसकेको छ। साथै, आफ्नै कारोबार प्रणाली (TMS) प्रयोग गरिरहेका ब्रोकरहरूलाई पनि यो नयाँ प्रणाली लागू गर्न आवश्यक तयारी थाल्न निर्देशन दिइएको छ ।

    नेप्सेले सेयर बजारमा नागरिकको पहिचान सुनिश्चित गर्दै पारदर्शिता र दुरुपयोग रोक्नका लागि यो कदम चालिएको बताएको छ । यस नियमसँगै अब सेयर बजारमा नयाँ लगानीकर्ता बन्न चाहने व्यक्तिले राष्ट्रिय परिचयपत्र प्राप्त गर्नुपर्ने अनिवार्य व्यवस्था लागू हुनेछ ।

    नेप्सेले आगामी दिनमा डिजिटल कारोबार प्रणालीलाई अझ प्रभावकारी बनाउन र नागरिकका डाटा व्यवस्थापनमा सुधार ल्याउन थप प्रविधिमैत्री नीतिहरू ल्याउने संकेतसमेत दिएको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार