शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

नेपाल अर्को मंसिरमा विकासशील राष्ट्र बन्दैछ: प्रधानमन्त्री

नेपाल अर्को मंसिरमा विकासशील राष्ट्र बन्दैछ: प्रधानमन्त्री

‘समृद्ध नेपाल र सुखी नेपाली बनाउनेभन्दा अर्को पवित्र उद्देश्य छैन’

श्रावण १६, २०८२ शुक्रवार
श्रावण १६, २०८२ शुक्रवार
  • नेपाल अर्को मंसिरमा विकासशील राष्ट्र बन्दैछ: प्रधानमन्त्री

    प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरूले देशलाई समृद्ध बनाउन काम गरिरहेको बताएका छन् । बागमती प्रदेश पूर्णखोप घोषणा तथा बागमती डिजिटल हेल्थ शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै नेपाललाई समृद्ध र आधुनिक बनाउन चाहेको बताएका छन् ।

    उनले भने, ‘हामी जहाँ सुशासन र स्वच्छता छ त्यस्तो देश बनाउन चाहन्छौँ । यहाँको जनतालाई सुखी बनाउन चाहन्छौँ । यो भन्दा पवित्र अरू उद्देश्य हुन सक्दैन । नेपाललाई समृद्ध आधुनिक देश बनाउने गरी अघि बढेको बताए ।’

    उनले भने, ‘हामी अल्पविकसित राष्ट्रबाट विकासशील राष्ट्रमा अर्को वर्ष स्तर उन्नत हुँदैछ । आउँदो होइन अर्को मंसिरमा अल्प विकसितबाट विकास गरिरहेको, विकासशील राष्ट्रमा परिणत हुनेछ । ८३ मंसिरमा विकासशील राष्ट्र बन्छ ।’

    प्रधानमन्त्री ओलीले ‘समृद्ध नेपाल र सुखी नेपाली’ बनाउनेभन्दा ठूलो लक्ष्य अर्को हुन नसक्ने बताएका छन् । ‘हामी समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्ने बाटोमा अघि बढेका छौँ । हामी नेपाललाई समृद्ध बनाउन चाहन्छौँ, आधुनिक बनाउन चाहन्छौँ । विकसित बनाउन चाहन्छौँ । यहाँका जनतालाई सुखी बनाउन चाहन्छौँ । यो भन्दा ठूलो र पवित्र उद्देश्य हुन सक्दैन,’ उनले भने ।

    उक्त उद्देश्य प्राप्त गर्नका लागि हामीले स्वास्थ्य क्षेत्रमा निरोगी नेपालको गन्तव्य राखेको पनि प्रधानमन्त्री ‌ओलीले बताए । उनले अघि भने, ‘नेपाल निरोगी जनताको, निरोगी पशुपंक्षीहरूको, वनस्पतिहरुको, निरोगी माछा, चराचुरुङ्गी आदि सबैको निरोगी नेपाल हुनुपर्छ । जहाँ कुनै किसिमको विषादी खान नपरोस् ।’

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार