शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

आज राष्ट्रिय कोदो दिवस मनाइँदै

आज राष्ट्रिय कोदो दिवस मनाइँदै

श्रावण १६, २०८२ शुक्रवार
श्रावण १६, २०८२ शुक्रवार
  • आज राष्ट्रिय कोदो दिवस मनाइँदै

    आज राष्ट्रिय कोदो दिवस विभिन्न कार्यक्रम गरेर मनाइँदैछ । गत असर ३० गते बसेको मन्त्रिपरिषद् बैठकले साउन १६ गतेलाई 'राष्ट्रिय कोदो दिवस' का रूपमा मनाउने निर्णय गरेको हो । 

    बहुगुणीका अन्नका रूपमा रहेको कोदो खेती कम भइरहेका अवस्थामा सरकारले साउन राष्ट्रिय दिवस मनाउने निर्णय गरेको हो । सरकारले धान, मकै र गहुँलाई राष्ट्रिय बाली घोषणा गरेको छ । यी बालीको उत्पादन बढाउन बर्सेनि अर्बौंको रासायनिक मल आयात हुने गरेको छ । तर, मल कम लाग्ने र सिँचाइ पनि धेरै आवश्यक नपर्ने बहुगुणी कोदोलाई भने उपेक्षामा राखेको भन्दै सरकारको आलोचना हुँदै आएकोमा सरकारले अब कोदो दिवसलाई औपचारिक मान्यता दिएको छ ।

    कृषि मन्त्रालयका अनुसार ७७ जिल्लामै उत्पादन गर्न सकिने कोदोको खेती ६० मिटरदेखि ३६५० मिटर उचाइसम्म हुन्छ । उत्पादनको हिसाबले सबैभन्दा बढी सम्भावना कर्णालीमा रहेको राष्ट्रिय कृषि आनुवंशिक स्रोत केन्द्र (जिन बैंक) ले जनाएको छ । कृषि मन्त्रालयका अनुसार २०७८/७९ मा २ लाख ६७ हजार ७१ हेक्टरमा खेती र ३ लाख ३९ हजार ४६२ टन कोदो उत्पादन भएको थियो । त्यस्तै २०७९/८० मा क्षेत्रफल घटेर २ लाख २७ हजार ९३४ हेक्टर पुगेको छ भने उत्पादन पनि घटेर ३ लाख १० हजार ८४७ टनमा झरेको मन्त्रालयले जनाएको छ ।

    नेपाल र भारतका पहाडी भेगहरूमा यो अन्न मुख्य खाद्य बालीको रूपमा उब्जाइन्छ । समुद्र सतहदेखि १८०० मिटर उचाइसम्म सजिलै खेती गर्न सकिने भएकाले यो अन्न पहाडी भेगमा निकै लोकप्रिय छ । कोदोमा क्याल्सियम, फलाम र फस्फोरसजस्ता शरीरका लागि आवश्यक पोषक तत्वहरू प्रशस्त मात्रामा पाइन्छ । यसले पाचन प्रणालीलाई सुधार गर्छ र मधुमेह नियन्त्रणमा सहयोग पुर्याउँछ । कोदो पशुको दाना बनाउन पनि उपयोगी मानिन्छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार