शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

नाउपा विभाजित, रेशमका बाबु लालवीर चौधरी बने अध्यक्ष

नाउपा विभाजित, रेशमका बाबु लालवीर चौधरी बने अध्यक्ष

बुहारी बर्खास्त, ससुरा बने पार्टी अध्यक्ष

श्रावण १५, २०८२ बिहिवार
श्रावण १५, २०८२ बिहिवार
  • नाउपा विभाजित, रेशमका बाबु लालवीर चौधरी बने अध्यक्ष

    नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले लालवीर चौधरीलाई पार्टी अध्यक्ष चयन गरेको छ । रञ्जिता श्रेष्ठ विरोधी पक्षको राष्ट्रिय भेलाबाट श्रेष्ठलाई हटाउँदै रञ्जिताका पति समेत रहेका संरक्षक रेशमलाल चौधरीका बुबा लालवीरलाई अध्यक्ष बनाएको हो । यससँगै नाउपामा औपचारिक विभाजन आएको छ ।

    ‘हामीले धेरै मन्थन गरेर आठौं दिनमा अध्यक्ष परिवर्तन गर्ने निष्कर्ष निकालेका हौं,’ लालवीरले भने, ‘सम्पूर्ण संघ र प्रदेशका सांसदहरूलाई बन्दीको निकासका लागि धन्यवाद दिन चाहन्छु । मैले अध्यक्षको जिम्मेवारी पाइसकेपछि विधि र पद्धतीका आधारमा नाउपालाई अघि बढाउनेछु ।’

    उनले भने, ‘उहाँलाई हामीले टाढा राखेका छैनौं । अहिले पनि भनेको थियौं यहाँ आएर आफ्नो कुरा राख्नुस् भनेर, उहाँलाई पार्टीले धेरै पर राखेका छैन । एउटा निकासको लागि मात्रै अघि बढेको छ।’ उनले रञ्जिता श्रेष्ठले डेढ वर्षसम्म बैठक नराखेको समेत आरोप लगाएका छन् । श्रेष्ठलाई अझै पनि सहमति र सहकार्यका लागि आउन उनले आग्रह गरे । गत निर्वाचनमा लालवीर बर्दियाबाट प्रतिनिधि सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएका थिए । निर्वाचित भएको केही समयमै उनी नाउपामा प्रवेश गरेका थिए ।

    यसअघि नाउपा अध्यक्ष संरक्षक समेत रहेका रेशमको पत्नी समेत रहेकी प्रतिनिधि सभा सदस्य रञ्जिता श्रेष्ठ थिइन् । पोखराको लिचीबारी घुसकाण्डको अडिओ प्रकरणमा अध्यक्ष श्रेष्ठ मुछिएकी थिइन्। उनलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बोलाएर स्पष्टीकरण समेत सोधेको थियो ।

    विवादमा परेपछि अध्यक्ष रञ्जिताले वरिष्ठ उपाध्यक्ष शिव बास्तोलालाई कार्यवाहक अध्यक्ष दिएकी थिइन् । श्रेष्ठले आफूलाई अवैध राष्ट्रिय भेलाले अध्यक्षबाट हटाउन नसक्ने दाबी गर्दै आएकी छन् । बर्खास्त भएकी अध्यक्ष श्रेष्ठले संसदीय दलका नेता गंगाराम चौधरीले विधान विपरीत काम गरेको भन्दै २४ घण्टे लिखित स्पष्टीकरण मागेकी छन् ।

    पार्टीको केन्द्रीय कार्यालयको लेटरहेड प्रयोग गरी जारी तीन पृष्ठ लामो पत्रमार्फत श्रेष्ठले आफू अस्वस्थ्य भएका कारण पार्टी गतिविधिमा सक्रिय भएका बेला संसदीय दलका नेता चौधरीले विधान विपरीत गतिविधि गरेको आरोप लगाएकी छन् ।

    आफूलाई जानकारी नगराई विधान विपरीत केन्द्रीय समिति बैठक आह्वान गरिएको, पार्टी महासचिवको रूपमा हस्ताक्षर गरी निर्वाचन आयोगमा पत्र पठाएको तथा पार्टी एकता र अनुशासनविपरीत व्यक्तिगत निर्णयहरू गरेको श्रेष्ठको आरोप छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार