शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

राजीनामा दिनुपर्ने कुनै अवस्था छैन: मुख्यमन्त्री लामा

राजीनामा दिनुपर्ने कुनै अवस्था छैन: मुख्यमन्त्री लामा

श्रावण १४, २०८२ बुधवार
श्रावण १४, २०८२ बुधवार
  • राजीनामा दिनुपर्ने कुनै अवस्था छैन: मुख्यमन्त्री लामा

    बहादुरसिंह लामाले बागमती प्रदेशको मुख्यमन्त्रीबाट राजीनामा दिनुपर्ने कुनै अवस्था नरहेको दोहोराएका छन् ।

    संसदीय दलको नेतामा पराजित भएपछि प्रतिक्रिया दिदै मुख्यमन्त्री लामाले संबिधानमै दुई बर्षसम्म सरकार परिवर्तन गर्न नपाइने व्यवस्था रहेको बताउदै अहिले राजीनामा दिनुपर्ने कारण नरहेको बताए ।

    मुख्यमन्त्री लामाले एकल सरकार भएको अवस्थामा संसदीय दलको नेता हुनुपर्ने जिकिर गर्दै संबिधानमा लेखेको अनुसार हुने बताए ।

    उनले भने- 'राजीनामा दिनुपर्ने कुनै आधार नै छैन । संबिधानले १६८ को धारा २ अनुसार बनेको सरकार भएकाले संसदीय दलको नेता हुनु पर्दैन । स्थिर सरकार होस् भन्नका लागि २ बर्षसम्म सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याउन नपाउने व्यवस्था गरिएको छ । संबिधानमा लेखिएको कुरा अनुसार नै हुन्छ । संबिधान भन्दा बाहिर कोहि पनि जानुहुदैन ।'

    बुधबार भएको निर्वाचनमा मुख्यमन्त्री बहादुरसिंह लामालाई पराजित गर्दै इन्द्रबहादुर बानियाँ संसदीय दलको नेता बनेका छन् । बानियाँले २२ मत प्राप्त गरेका छन् भने लामाको पक्षमा १४ मत परेको छ । त्यस्तै एक मत बदर भएको थियो ।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार