शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

माओवादी पदाधिकारी बैठक बस्दै, जनार्दनकाे चार प्रस्तावमा होला छलफल?

माओवादी पदाधिकारी बैठक बस्दै, जनार्दनकाे चार प्रस्तावमा होला छलफल?

श्रावण १४, २०८२ बुधवार
श्रावण १४, २०८२ बुधवार
  • माओवादी पदाधिकारी बैठक बस्दै, जनार्दनकाे चार प्रस्तावमा होला छलफल?

    प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज (बुधबार) बस्दै छ । बैठक दिउँसो ४ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्दैछ । बैठकमा शनिबारदेखि सुरू हुने स्थायी कमिटी बैठकको एजेण्डाबारे छलफल हुने अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ ।

    माओवादीले गत फागुनदेखि जनतासँग माओवादी विशेष अभियान चलाएको थियो । अभियानअन्तर्गत मध्यपहाडी लोकमार्ग विशेष अभियान कास्कीको पोखरामा पुगेर स्थगित भएको थियो । उक्त अभियान फेरि सुरू गर्नेकी महाधिवेशनमा जाने भन्ने निर्णय गर्न माओवादीले स्थायी कमिटी बैठक बोलाएको हो ।

    स्थायी कमिटीको बैठकको तयारीका लागि आज पदाधिकारी बस्न लागेको माओवादीले जनाएको छ । माओवादी केन्द्रमा उपमहासचिव जनार्दन शर्माले पार्टीका नेताहरूको सम्पत्ति छानबिन गर्न माग गर्दै आएका छन् । साउन ६ गते पुष्पलाल स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै शर्माले माओवादी नेताको सम्पत्ति छानबिन गर्न स्वतन्त्र निकायलाई जिम्मा दिनुपर्ने बताएका थिए ।

    उनको अभिव्यक्तिपछि नेताहरू विभाजित भएका छन् । शर्माले पार्टीको विशेष अधिवेशन माग गर्दै मंगलबार चार बुँदे प्रस्ताव समेत अघि सारेका छन् । आजको बैठकमा यो विषयमा पनि कुरा हुने सचिव दिनानाथ शर्माले जानकारी दिए ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार