शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

प्रधानमन्त्री ओलीको स्वागत गर्न हिडेका दुई मन्त्रीको गाडी आपसमा ठोक्किए

प्रधानमन्त्री ओलीको स्वागत गर्न हिडेका दुई मन्त्रीको गाडी आपसमा ठोक्किए

श्रावण १३, २०८२ मंगलवार
श्रावण १३, २०८२ मंगलवार
  • प्रधानमन्त्री ओलीको स्वागत गर्न हिडेका दुई मन्त्रीको गाडी आपसमा ठोक्किए

    सुदूरपश्चिम प्रदेशका दुई जना मन्त्रीका गाडी एक आपसमा ठोक्किएका छन् । मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीको स्वागतका लागी कैलालीको चिसापानी जाने क्रममा दुई मन्त्रीको गाडी ठोकिएको प्रहरीले जनाएको छ ।

    सो क्रममा भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र पाल र आन्तरिक मामिला तथा कानुन मन्त्री हिरासिंह सार्की चढेका गाडी एक आपसमा ठोक्किएका हुन् । घटना दिउँसो १ बजे घटेको हो ।

    कार्की चढ्ने से.१ झ ३३० र पाल चढ्ने बा.२ झ १४१९ नम्बरको गाडी एकापसमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय, कैलालीले जनाएको छ ।

    प्रहरीका अनुसार गाडीमा क्षति भएको छ । दुईवटै गाडीमा सवार सबैको अवस्था सामान्य छ । प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार