शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

बागमतीका खानेपानीमन्त्री श्यामबहादुर खड्काले पनि दिए राजीनामा

बागमतीका खानेपानीमन्त्री श्यामबहादुर खड्काले पनि दिए राजीनामा

श्रावण १३, २०८२ मंगलवार
श्रावण १३, २०८२ मंगलवार
  • बागमतीका खानेपानीमन्त्री श्यामबहादुर खड्काले पनि दिए राजीनामा

    बागमती प्रदेशका खानेपानी ऊर्जा तथा सिँचाइमन्त्री श्यामबहादुर खड्काले राजीनमा दिएका छन् ।

    खड्काले मंगलबार मुख्यमन्त्री बहादुरसिंह लामा तामाङसमक्ष राजीनामा बुझाएका हुन् । यस अघि बागमती सरकारमा रहेका चार मन्त्रीले राजीनामा दिएपछि मुख्यमन्त्री लामाले उनीहरुको राजीनामा स्वीकृत नगरी बर्खास्त गरेका थिए । 

    बागमती प्रदेशमा कांग्रेसका ३७ प्रदेश सांसदमध्ये सुरुमा २१ जनाले अविश्वास प्रस्तावको पक्षमा हस्ताक्षर गरेर दर्ता गरेपछि मुख्यमन्त्री लामाको संकट बढेको छ ।

    कांग्रेसले बागमतीमा देखिएको विवाद मिलाउन नेता राजेन्द्र केसीलाई तोकेको छ । यसअघि सोमबार बसेको संसदीय दल र प्रदेश समितिको बैठकमा सहमति हुन नसकेपछि अब संसदीय दलमा दर्ता भएको अविश्वास प्रस्तावमा मतदान हुने सम्भावना बढेको छ ।

    कूल ११० सदस्यीय बागमती प्रदेशसभामा नेपाली कांग्रेसका ३७ सांसद रहेका छन् । संसदीय दलका बहुमतको लागि १९ सांसदको समर्थन आवश्यक पर्छ ।   

    shyam_11753769126.jpg

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार