शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

स्कुल बसबाट ओर्लिने क्रममा चक्काले च्यापिएर पाँच बर्षीया छात्राको मृत्यु

स्कुल बसबाट ओर्लिने क्रममा चक्काले च्यापिएर पाँच बर्षीया छात्राको मृत्यु

श्रावण १२, २०८२ सोमवार
श्रावण १२, २०८२ सोमवार
  • स्कुल बसबाट ओर्लिने क्रममा चक्काले च्यापिएर पाँच बर्षीया छात्राको मृत्यु

    सर्लाहीको ब्रहम्पुरी गाउँपालिका–७ मोहनजंगस्थित सडकमा स्कुल बसले च्यापिएर एक पाँच बर्षीया बालिकाको मृत्यु भएको छ ।

    ईश्वरपुर नगरपालिका–१ चौलिखास्थित टेमुको एकेडेमी स्कुलको बसले ठक्कर दिएर सोही स्कुलमा अध्ययनरत पाँच वर्षीया छात्राको निधन भएको हो । मृत्यु हुनेमा ब्रहम्पुरी गाउँपालिका–७ मोहनजंग बस्ने रमेश महतोको छोरी आशिका रहेको प्रहरीले जनाएको छ ।

    बसबाट झर्ने क्रममा बसको पछाडिको चक्काले च्यापिएर उनको टाउकोमा चोट लागेको थियो । तत्काल उनलाई जीवन नारायण अस्पताल बयलबासमा उपचारका लागि लगिएको थियो । चिकित्सकले उनलाई दिउँसो ४ बजेर ४० मिनेटमा मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

    मृतकको शव पोस्टमार्टमका लागि मलंगवा अस्पतालमा राखिएको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार