शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

गोसाइँकुण्डमा बेपत्ता दुई युवा अझै भेटिएनन्, खोजी जारी

गोसाइँकुण्डमा बेपत्ता दुई युवा अझै भेटिएनन्, खोजी जारी

श्रावण १२, २०८२ सोमवार
श्रावण १२, २०८२ सोमवार
  • गोसाइँकुण्डमा बेपत्ता दुई युवा अझै भेटिएनन्, खोजी जारी

    पौडी खेल्ने क्रममा आइतबार रसुवाको गोसाइँकुण्डमा बेपत्ता दुई युवक अझै फेला परेका छैनन् । उनीहरूको खोजीमा सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेनाको टोली परिचालन भएको छ।

    रसुवाका प्रहरी प्रमुख डीएसपी हेमबहादुर शाहीका अनुसार बेपत्ता हुनेमा मोरङको विराटनगरका २८ वर्षीय सुजन ढकाल र बेलवारीका मनोज न्यौपाने रहेका छन् । गहिरो ठाउँबाट स्नान गर्न कुण्डमा पसेका कारण उनीहरु डुबेको हुनसक्ने आँकलन गरिएको छ ।

    बेपत्ताको खोजीका लागि नेपाली सेना श्रीनाथ गण, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका अधिकृत तथा जवानलाई आइतबार नै गोसाइँकुण्ड पुगेका छन् ।

    चार हजार ३८० मिटरको उचाईंमा रहेको गोसाइँकुण्ड चौथाइ माइल फराकिलो नीलो पानीको सरोवर हो । गोसाइँकुण्ड ताल १ हजार ३० हेक्टर क्षेत्रफलमा फैलिएको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार