राष्ट्रपति रामचन्द्र पौडेलले गण्डकी प्रदेशका पूर्वप्रमुख पृथ्वीमान गुरुङको निधनप्रति दुख व्यक्त गर्दै स्वर्गीय गुरुङप्रति हार्दिक श्रद्धाञ्जलि प्रकट गरेका छन् ।
राष्ट्रपति पौडेलले शोक सन्देश जारी गर्दै लोकतान्त्रिक योद्धा स्वर्गीय गुरुङले लोकतन्त्र स्थापना र पुनर्स्थापनामा पुर्याएको महत्त्वपूर्ण योगदान सधैं स्मरणीय रहने उल्लेख गरेका छन् । राष्ट्रपति पौडेलले २०४६ सालको जनआन्दोलनका बेला गुरुङले चितवनमा नेतृत्वदायी भूमिका निर्वाह गरेको स्मरण पनि गरेका छन् ।
राष्ट्रपति पौडेलले शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन् । नेपाली कांग्रेसका पूर्वसभापतिसमेत रहेका गुरुङ विसं २०७८ साउन १२ गते गण्डकी प्रदेश प्रमुखमा नियुक्त भएका थिए ।
गुरुङको आज बिहान चितवनस्थित आफ्नै निवासमा निधन भएको हो ।