शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

वेस्ट इन्डिजविरुद्धको टी-२० सिरिजमा अस्ट्रेलियाको लगातार तेस्रो जित

वेस्ट इन्डिजविरुद्धको टी-२० सिरिजमा अस्ट्रेलियाको लगातार तेस्रो जित

श्रावण १०, २०८२ शनिवार
श्रावण १०, २०८२ शनिवार
  • वेस्ट इन्डिजविरुद्धको टी-२० सिरिजमा अस्ट्रेलियाको लगातार तेस्रो जित

    अस्ट्रेलियाले वेस्ट इन्डिजविरुद्धको टी-२० सिरिजमा लगातार तेस्रो जित हासिल गरेको छ । सिरिजको तेस्रो खेलमा अस्ट्रेलियाले वेस्ट इन्डिजलाई ६ विकेटले पराजित गरेको हो ।

    वेस्ट इन्डिजले दिएको २१५ रनको लक्ष्य पछाएको अस्ट्रेलियाले १६.१ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । अस्ट्रेलियाका लागि टिम डेभिडले ३७ बलमा १०२ रनको शतकीय पारी खेलेका थिए । त्यस्तै मिचेल ओवेनले ३६, मिचेल मार्शले २२, ग्लेन म्याक्सवेलले २० रन बनाएका थिए ।

    यस अघि टस हारेर पहिला ब्याटिंग गरेको वेस्ट इन्डिजले शाइ होपको १०२ र ब्राण्डन किङको ६२ रनको मद्धतले २० ओभरमा ४ विकेट गुमाएर २१४ रन बनाएको थियो ।

    योसँगै ५ खेलको सिरिजमा अस्ट्रेलियाले लगातार तेस्रो जित हासिल गरेको छ भने २ खेल अघि नै सिरिज जितेको छ । अब सिरिजको चौथो खेल आइतबार हुने छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार