शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

विद्या भण्डारीको पक्षमा खुलेका युवा संघ लुम्बिनीका अध्यक्ष खरेल निलम्बित

विद्या भण्डारीको पक्षमा खुलेका युवा संघ लुम्बिनीका अध्यक्ष खरेल निलम्बित

श्रावण १०, २०८२ शनिवार
श्रावण १०, २०८२ शनिवार
  • विद्या भण्डारीको पक्षमा खुलेका युवा संघ लुम्बिनीका अध्यक्ष खरेल निलम्बित

    राष्ट्रिय युवा संघले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको पक्षमा खुलेका लुम्बिनी अध्यक्ष सुरज खरेललाई निलम्बन गरेको छ । सामाजिक सञ्जालमार्फत एमालेको भावी अध्यक्ष विद्या भण्डारीलाई बनाउनु पर्ने मत राख्दै आएका खरेललाई असार २५ मा महासचिव महेश चौलागाईले स्पष्टीकरण सोधेका थिए ।

    स्पष्टीकरणमा अध्यक्ष खरेलमाथि पोखरामा भएको महाधिवेशनमा अध्यक्ष मण्डलका सदस्यलाई अभद्र व्यवहार गरेको आरोप लगाउँदै भौतिक रूपमा उपस्थित भएर स्पष्टीकरण दिन निर्देशन दिइएको थियो ।

    खरेलले भने आफूमाथि पूर्वाग्रही तरिकाले स्पष्टिकरण सोधिएको भन्दै भौतिकरूपमा उपस्थित नभई लिखित स्पष्टिकरण दिएका थिए । उनले स्पष्टीकरणको जवाफमा आफूले कसैलाई अभद्र व्यवहार नगरेको दावी परेका थिए । उनको स्पष्टीकरण चित्त बुझ्दो नभएको भन्दै महासचिव चौलागाईले उनलाई एक वर्षका लागि निलम्बन गरेको पत्र पठाएका छन्।

    उनले संगठनको बिधानको धारा ४१ तथा धारा ४२ (क) र (ख) को हवाला दिंदै संगठनका सबै जिम्मेवारीबाट पदमुक्तका साथै एक वर्षका लागि निलम्बन गरिएको उल्लेख गरेका छन् । निलम्बन पत्रमा साउन ९ गते पदाधिकारी बैठकले निलम्बन गरेको उल्लेख छ । तर, एक पदाधिकारीका अनुसार युवा संघको पदाधिकारी बैठक साउन ९ मा बसेकै छैन् ।

    ‘म क्षितिज थेवेकै प्यानलबाट जितेको मान्छे हुँ ।’ एक पदाधिकारीले भने, ‘बैठक बसेकोबारे मलाई जानकारी भएन । म काठमाडौंमै छु । बैठक बसेको भए मलाई जानकारी हुने थियो । बैठक बसेको छैन् ।’ लुम्बिनी प्रदेश अध्यक्षलाई निलम्बन गरिनु गलत भएको उनको भनाइ छ ।

    निलम्बनमा परेका खरेलले भने महाचिव चौलागाईले गरेको निलम्बन अस्विकार गर्ने जनाएका छन् । संगठनमा फरक मत राखेकै कारण हुँदै नभएका आरोप लगाएर निलम्बन गरिनु खेदजनक भएको भन्दै निलम्बनले आफूलाई कुनै फरक नपर्ने बताए । संगठनका गतिविधिलाई निरन्तरता दिइने उनको भनाइ छ । ‘मलाई गलत आरोप लगाएर निलम्बन गरिएको पत्र पठाइएको छ’, उनले भने, ‘निलम्बन स्विकार्य हुँदैन । मैले संगठनका गतिविधि निरन्तर गर्छु ।’

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार