शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

सामाजिक सञ्जाल जीवनको अभिन्न हिस्सा बनेको छः गगन थापा

सामाजिक सञ्जाल जीवनको अभिन्न हिस्सा बनेको छः गगन थापा

श्रावण ८, २०८२ बिहिवार
श्रावण ८, २०८२ बिहिवार
  • सामाजिक सञ्जाल जीवनको अभिन्न हिस्सा बनेको छः गगन थापा

    नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सामाजिक सञ्जालको उपयोग र दुरुपयोगबारे चेतना जगाउन बृहत कार्यक्रम आवश्यक रहेको बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित ‘सामाजिक सञ्जालको उपयोग/दुरुपयोग’ विषयक गोष्ठी तथा विद्वान व्यक्तित्वहरूलाई सम्मान गर्ने कार्यक्रममा बोल्दै उनले सामाजिक सञ्जाल अब जीवनको अभिन्न हिस्सा बनिसकेको उल्लेख गरेका हुन् । 

    महामन्त्री थापाले भने, ‘आजको दिनमा कोही पनि सामाजिक सञ्जालबाट अलग हुन सक्दैन । यो अब जीवनको एउटा अभिन्न हिस्सा (पार्ट अफ लाइफ) बनिसकेको छ ।’ उनले सामाजिक सञ्जालको सचेत प्रयोगका लागि युवाहरूमाझ चेतनामूलक कार्यक्रम गर्न अत्यन्त आवश्यक रहेको बताए । थापाका अनुसार नेपालको सबैभन्दा ठूलो शक्ति जनसंख्या हो, तर त्यो स्थायी शक्ति होइन । उनले भने, ‘जनसंख्याको तागत अस्थायी हुन्छ । त्यसको तुरुन्तै लाभ लिन सक्नुपर्छ ।’ 

    Gagan Thapa .jpg

    विशेषगरी २४ वर्षभन्दा मुनिका किशोर–किशोरी र युवावर्गमा सामाजिक सञ्जालको सकारात्मक प्रयोग कसरी गर्ने भन्ने कुरामै देशको भविष्य निर्भर हुने उनले प्रस्ट पारे । थापाले युवापुस्तालाई डिजिटल जिम्मेवारी बोध गराउने आवश्यकता औंल्याउँदै भने, ‘हामीले यो पुस्तालाई डिजिटल रेस्पोन्सिबल र डिजिटल सिटीजन कसरी बनाउने भन्नेमा ध्यान दिनु आवश्यक छ ।’

    उनले शिक्षा प्रणालीसहित विभिन्न नीतिगत सुधारमा फिनल्यान्ड जस्ता देशहरूबाट सिक्न सकिने धारणा पनि राखे । कार्यक्रममा सामाजिक सञ्जालको प्रभाव, यसको सुरक्षित प्रयोग, र डिजिटल साक्षरताका विषयमा विभिन्न विज्ञहरूले पनि आफ्ना धारणा राखेका थिए ।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार