शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

फिल्म 'सिटामोल' को मर्मस्पर्शी ट्रेलर सार्वजनिक, जनै पूर्णिमाबाट प्रदर्शनमा

फिल्म 'सिटामोल' को मर्मस्पर्शी ट्रेलर सार्वजनिक, जनै पूर्णिमाबाट प्रदर्शनमा

श्रावण ८, २०८२ बिहिवार
श्रावण ८, २०८२ बिहिवार
  • फिल्म 'सिटामोल' को मर्मस्पर्शी ट्रेलर सार्वजनिक, जनै पूर्णिमाबाट प्रदर्शनमा

    जनै पूर्णिमाको अवसर पारेर साउन २३ गतेदेखि प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘सिटामोल’ को ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलरले फिल्मको कथावस्तु, पात्र, परिवेश र परिस्थिति प्रभावशाली रूपमा चित्रण गरेको छ ।

    फिल्मले आर्थिक अभावका कारण एक दम्पतीको जीवनमा आउने उतारचढावको कथा प्रस्तुत गरेको ट्रेलरबाट बुझ्न सकिन्छ । राजबहादुर सानेको निर्देशनमा बनेको फिल्ममा सौगात र बेनिशासँगै श्री कृष्ण निरौला, जानुका विश्वकर्मा, लोकेन्द्र लेखक, भुगोल कार्की, हिउँवाला गौतम, सुशील पोखरेल, दिनेश रेग्मी, आरआर खड्का, पवन भट्टराई, काजल भुजेल, बाल कलाकार करण नेपाली र आराध्या राज्यलक्ष्मी डिसी लगायतको अभिनय रहेको छ ।

    फिल्मको लेखन निर्देशक साने र प्रदीप भारद्वाजले गरेका हुन्। प्रस्तुतकर्ता सिमोस सुनुवार रहेका फिल्मका निर्माता भुगोल कुमार कार्की र विकासराज जोशी हुन्। कार्यकारी निर्माता अप्सरा नेपाली, अजय मल्ल र कुमार केसी छन् भने सह-निर्माता गंगाराम श्रेष्ठ रहेका छन् ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार