शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

विद्या भण्डारीलाई राजनीतिमा ल्याएर एमाले बिगार्ने चाहना असफल भयोः डा. राजन भट्टराई

विद्या भण्डारीलाई राजनीतिमा ल्याएर एमाले बिगार्ने चाहना असफल भयोः डा. राजन भट्टराई

श्रावण ७, २०८२ बुधवार
श्रावण ७, २०८२ बुधवार
  • विद्या भण्डारीलाई राजनीतिमा ल्याएर एमाले बिगार्ने चाहना असफल भयोः डा. राजन भट्टराई

    नेकपा (एमाले) स्थायी कमिटी सदस्य तथा बागमती प्रदेश इञ्चार्ज डा. राजन भट्टराईले नेकपा एमाले र नेपाली कांग्रेसबीचको सत्ता सहकार्यले राजनीतिक स्थिरता कायम गर्न मद्दत गरेको बताएका छन् । रामेछाप नगरपालिका–८, भंगरीमा आयोजित ४७ औँ पुष्पलाल स्मृति दिवस कार्यक्रमलाई सम्बोधन गर्दै भट्टराईले दुई प्रमुख दलबीचको सहकार्यबाट मुलुकले एक वर्षभित्र उल्लेखनीय उपलब्धि हासिल गरेको बताए ।

    जस्तोसुकै हल्ला भए पनि दुई वर्षसम्म एमाले–कांग्रेसको सहकार्य यथावत रहने उनको दाबी छ । कार्यक्रम नेकपा एमाले रामेछाप नगरपालिका कमिटीको व्यवस्थापनमा जिल्ला कमिटी र राष्ट्रिय जनसांस्कृतिक महासंघको सहकार्यमा आयोजना गरिएको थियो ।भट्टराईले एमाले अहिले विधान महाधिवेशनको तयारीमा रहेको उल्लेख गर्दै नेता–कार्यकर्तालाई विधानमाथि गम्भीर छलफलमा सहभागी हुन आग्रह गरे । पार्टी सुदृढीकरणका लागि विधानको बहसलाई केन्द्रमा राख्नुपर्ने आवश्यकता रहेको धारणा उनले व्यक्त गरेका छन् ।
    पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा सम्भावित पुनः प्रवेशबारे पार्टीको केन्द्रीय कमिटीले स्पष्ट निर्णय गरिसकेको जानकारी दिँदै भट्टराईले भण्डारीको नाममा पार्टीमा अस्थिरता ल्याउने प्रयास विफल भएको दाबी गरेका छन् । एमाले बिग्रियोस् भन्ने तत्वहरूलाई पार्टी निर्णयले असफल बनाएको उनले बताए ।

    भण्डारीले राष्ट्रपतिको पदमा रहँदा गरिमामय भूमिका निर्वाह गरेकाले उनको योगदानको पार्टीले उच्च सम्मान गर्ने उल्लेख गर्दै उनले संवैधानिक पदमा पुगेका व्यक्तिहरूले पुनः दलगत सक्रिय राजनीतिमा फर्किँदा संवेदनशीलता पैदा हुने हुँदा त्यसलाई उपयुक्त मान्न नसकिने बताए ।  राष्ट्रपतिको गरिमा जोगिनुपर्ने पार्टीको सोच अनुसार नै भण्डारीलाई राजनीतिमा नल्याउने निर्णय गरिएको उनले स्पष्ट पारे । भट्टराईले नेकपा एमालेसहित आजको कम्युनिष्ट आन्दोलनको जग नै पुष्पलाल श्रेष्ठले २००६ सालमा राखेको उल्लेख गरे । 

    उनका अनुसार संसारभरि प्रतिकूल अवस्थामा अघि बढिरहेको कम्युनिष्ट आन्दोलनसँगै नेपालमा पुष्पलालले गम्भीर जोखिम मोलेर कम्युनिष्ट विचारको बीउ रोपेका थिए । पुष्पलालको योगदानबिना अहिले एमालेजस्ता पार्टी हुने अवस्था नै नआउने धारणा उनले राखे ।
    पुष्पलालसँगै गंगालालजस्ता समाज परिवर्तनका अगुवा नेताहरूको चेतना अझै सान्दर्भिक रहेको बताउँदै उनले ती नेताहरूको योगदानबाट भावी पुस्ताले पनि शिक्षा लिनुपर्ने बताए ।

    ती नेताहरू स्वतन्त्रता, समानता र विकासको पक्षमा एकमत रहेको उल्लेख गर्दै उनले त्यसलाई आजको राजनीतिक शिक्षाको आधारका रूपमा लिनुपर्ने बताए। उनले पुष्पलालजस्ता सपुतहरूलाई बिर्सनु अहिलेको पुस्ताको लागि अपमानजनक हुने बताउँदै त्यस्ता व्यक्तित्वहरूको सम्मानसाथै जन्मथलोको विकासका लागि आफूले सक्रिय भूमिका खेल्ने प्रतिबद्धता पनि जनाएका छन्। कार्यक्रममा पुष्पलाल श्रेष्ठको शालिकमा माल्यार्पण गर्दै श्रद्धाञ्जलि अर्पण गरिएको थियो ।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार