नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले भूमि विधेयक फास्ट्रयाकबाट पास गरौं भन्ने एमालेको प्रस्तावले शंका उब्जाएको टिप्पणी गरेका छन् ।
सामाजिक सञ्जालमा लेख्दै डा. कोइरालाले भूमीसुधारमन्त्रीले अझै राजिनामा नदिई पदमै भईरहैको स्थितिमा भूमी विधेयक फास्ट्रयाकबाट पास गरौं भन्ने एमालेको प्रस्तावले प्रसस्त शंका उव्जाएको उल्लेख गरेका हुन् ।
उनले कांग्रेसले सरकारबाट खोजेको सुशासन यस्तो नभएको उल्लेख गर्दै पोखरा जग्गा प्रकरणमा मुछिएका मन्त्री, सांसद, कर्मचारी र विचौलिया माथि निष्पक्ष छानविन गर्नुपर्ने बताएका छन् ।
उनले भनेका छन्- पोखरा जग्गा घुस प्रकरणमा जोडिएका एमालेका दुई मध्ये एक मन्त्री (भूमीसुधार) अझै राजिनामा नदिई पदमै भईरहैको स्थितिमा भूमी विधेयक फास्ट्रयाकबाट पास गरौं भन्ने एमालेको प्रस्तावले प्रसस्त शंका उव्जाएको छ । यो अवस्थालाई दुई छुट्टाछुट्टै नै मान्न सकिन्न । नेपाली कांग्रेसले सरकारबाट खोजेको सुशासन यस्तो हैन । पोखरा जग्गा प्रकरणमा मुछिएका मन्त्री, सांसद, कर्मचारी र विचौलिया माथि निष्पक्ष छानविन गरौं, भूमी विधेयकमा समितिमा गहन छलफल गरौं ।