शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

काङ्ग्रेसलाई बहुमत प्राप्त पार्टी बनाउन सबैको साथ आवश्यकः देउवा

काङ्ग्रेसलाई बहुमत प्राप्त पार्टी बनाउन सबैको साथ आवश्यकः देउवा

श्रावण ५, २०८२ सोमवार
श्रावण ५, २०८२ सोमवार
  • काङ्ग्रेसलाई बहुमत प्राप्त पार्टी बनाउन सबैको साथ आवश्यकः देउवा

    नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले सबै जातजाती र समुदायको समर्थन काङ्ग्रेसले प्राप्त गर्ने हो भने बहुमत प्राप्त गर्न सक्ने पार्टी बन्ने बताएका छन् ।

    सोमबार नेपाली काङ्ग्रेस पुस्तकालय तथा पार्टी अध्ययन स्रोत केन्द्र विभागले पुस्तकालय स्थापना र सञ्चालनमा सहयोग गर्ने दाताहरुलाई सम्मान पत्र वितरण गर्न आयोजित कार्यक्रममा उनले काङ्ग्रेसलाई  बहुमत प्राप्त पार्टी बनाउन सबैको साथ आवश्यक रहेको भन्दै त्यसको लागि पुस्तकालयको पनि भूमिका हुने बताए ।

    Photos (10).jpg

    उनले भने, ‘नेपालमा काङ्ग्रेस मात्रै एउटा ठूलो पार्टीको रुपमा छँदैछ । अझ बहुमत प्राप्त गर्ने पार्टी पनि हुन सक्छ । यद्यपी अहिलेको समानुपातिक समावेशीतामा आधारित जुन व्यवस्था छ । सबैलाई समावेश गर्ने खालको व्यवस्था छ । सबै जातजाती, समुदायको समर्थन प्राप्त गर्न सक्यो भने बहुमत प्राप्त गर्न सक्ने पार्टी बन्न सक्छौ । यसमा यो पुस्तकालयले ठूलो भूमिका खेल्न सक्छ ।’

    साथै, उनले यस पुस्तकालयमा रहेका किताबहरु एकदमै बहुमूल्य भएको भन्दै पार्टीको सिद्धान्त र आदर्श पुस्तकालयमार्फत सबैलाई बुझाउन सक्नुपर्ने बताए ।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार