शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

निवर्तमान मन्त्री गुप्तासँग सोधपुछ गर्दै अख्तियार

निवर्तमान मन्त्री गुप्तासँग सोधपुछ गर्दै अख्तियार

श्रावण ५, २०८२ सोमवार
श्रावण ५, २०८२ सोमवार
  • निवर्तमान मन्त्री गुप्तासँग सोधपुछ गर्दै अख्तियार

    घुस ‘डिल’ गरेको अडियो बाहिरिएपछि राजीनामा दिएका निवर्तमानमन्त्री राजकुमार गुप्तासँग अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोधपुछ गर्ने भएको छ । अनुसन्धान अधिकृतको टोलीले घुस अडियोका बारेमा गुप्तासँग सोधपुछ गर्नुका साथै अनुसन्धानका थप केही प्रक्रिया अघि बढाउने योजना बनाएको हो ।

    ‘उहाँलाई उपस्थित हुनु भनेर आयोगमा बोलाइएको हो, अनुसन्धान टोलीले उहाँसँग सोधपुछ गर्नेछ,’ अख्तियार स्रोतले सुनायो, ‘त्यसक्रममा उहाँको आवाजको नमुना पनि लिने योजना छ ।’

    नमुनाको रुपमा प्राप्त हुने अडियोको वास्तविकता परीक्षण गर्न सम्बन्धित व्यक्तिको आवाजसँग त्यसको परीक्षण गर्नुपर्छ । मन्त्री गुप्ताको आवाज भनी अडियो सार्वजनिक भएको थियो, त्यसको परीक्षणका लागि आयोगले उनको आवाज रेकर्ड गर्न लागेको हो ।

    ‘आवाज रेकर्ड गर्न उहाँसँग अनुमति लिइन्छ, अनि सोधपुछकै सिलसिलामा रेकर्ड भएको आवाज केही दिनअघि सार्वजनिक भएको आवाजसँग परीक्षण हुन्छ’, स्रोतले भन्यो । गत साता कास्कीका प्रमुख मालपोत अधिकृतको सरुवाबारे विचौलिया भनिएका एक व्यक्ति र मन्त्री गुप्ताबीचको संवाद बाहिरिएको थियो । चौतर्फी दबाब परेपछि उनले राजीनामा दिएका थिए ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार