शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

बलिवुड फिल्म 'सैयारा' को पहिलो दिन शानदार कमाई

बलिवुड फिल्म 'सैयारा' को पहिलो दिन शानदार कमाई

श्रावण ३, २०८२ शनिवार
श्रावण ३, २०८२ शनिवार
  • बलिवुड फिल्म 'सैयारा' को पहिलो दिन शानदार कमाई

    बलिवुड फिल्म 'सैयारा' ले रिलिजको पहिलो दिन शानदार कमाई गरेको छ ।

    अहान पाण्डेको डेब्यू फिल्म 'सैयारा' पहिलो दिन २१ करोड २५ लाख कमाई गरेको बलिवुड फिल्म विश्लेषक तरण आदर्शले जानकारी दिएका छन् । यो अभिनेत्री अनित पड्डाको पहिलो फिल्म पनि हो ।आदित्य चोपडा र अक्षय विधानीद्वारा निर्मित यस फिल्मलाई मोहित सुरीले निर्देशन गरेका हुन् । यस फिल्मको पटकथा रोहन शंकर र संकल्प सदानाले लेखेका हुन् । दर्शकहरूले फिल्मको कथा धेरै मन पराएका छन् । 

    फिल्मको रिभ्यु पनि निकै राम्रो रहेको छ । बलिवुड फिल्म विश्लेषक तरण आदर्शले यस फिल्मलाई साढे ४ रेटिंग दिएका छन् । उनले बलिवुडको रोमान्सलाई फिर्ता ल्याएको टिप्पणी गरेका छन् । 

    यस फिल्मलाई यस अघिका फिल्म आशिकी र आशिकी-२ सँग तुलना गरिएको छ । यस अघि ‘आशिकी २’, ‘वो लम्हे’, ‘जेहर’ र ‘एक खलनायक’ जस्ता भावनात्मक प्रेमकथाहरू प्रस्तुत गरिसकेका फिल्म निर्माता मोहित सुरीले फेरि एकपटक यशराज फिल्म्ससँग मिलेर भावनात्मक प्रेम कथामा नयाँ फिल्म ल्याएका छन् ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार