शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

नेपाल दोस्रो पटक भुटानसँग भिड्दै

नेपाल दोस्रो पटक भुटानसँग भिड्दै

श्रावण ३, २०८२ शनिवार
श्रावण ३, २०८२ शनिवार
  • नेपाल दोस्रो पटक भुटानसँग भिड्दै

    बंगलादेशमा जारी साफ यू–२० महिला च्याम्पियनसिपको आफ्नो पाँचौं खेलमा नेपाल आज भुटानसँग भिड्दै छ । डबल राउन्ड रोबिन लिगमा भइरहेको प्रतियोगितामा नेपालको भुटानसँग यो दोस्रो भिडन्त हो । खेल बसुन्धरा स्पोट्र्स मैदानमा नेपाली समयअनुसार दिउँसो पौने ३ बजेदेखि सुरु हुनेछ ।

    नेपालले आफ्नो पहिलो खेलमा गत शुक्रबार भुटानलाई ६–१ गोलअन्तरले हराएको थियो भने दोस्रो खेलमा आइतबार बंगलादेशसँग ३–२ गोलअन्तरले पराजित भएको थियो । त्यस्तै श्रीलंकासँग तेस्रो र चौथो खेलमा समान ७–० गोलअन्तरको जित निकालेको थियो । भुटानले भने हालसम्म नेपालसँग एक खेलमा तथा बंगलादेशसँग २ खेलमा हार बेहोर्दा श्रीलंकालाई हराएको छ ।

    प्रतियोगितामा बंगलादेश ४ खेलमा १२ अंकसहित शीर्षस्थानमा छ भने ४ खेलमा ९ अंक भएको नेपाल दोस्रो र ३ अंक मात्र भएको भुटान तेस्रो स्थानमा छ ।

    चार टोली सहभागी च्याम्पियनसिप डबल राउण्ड रोबिन फम्र्याटमा खेलाइएको छ । अन्तिममा धेरै अंक जोडेर शीर्ष स्थानमा रहने टोली च्याम्पियन बन्नेछ । नेपालले अन्तिम खेलमा सोमबार बंगलादेशसँग खेल्नेछ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार