शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

एभरेष्ट महिला भलिबल लिगको दोस्रो संस्करणको खेलाडी अक्सन आज हुँदै

एभरेष्ट महिला भलिबल लिगको दोस्रो संस्करणको खेलाडी अक्सन आज हुँदै

श्रावण २, २०८२ शुक्रवार
श्रावण २, २०८२ शुक्रवार
  • एभरेष्ट महिला भलिबल लिगको दोस्रो संस्करणको खेलाडी अक्सन आज हुँदै

    एभरेष्ट महिला भलिबल लिगको दोस्रो संस्करणको खेलाडी अक्सन आज हुँदैछ । महिला भलिबलमा पहिलोपटक हुन लागेको अक्सन कार्यक्रम आज दिउँसो ३ बजेदेखि शुरु हुने आयोजकले जानकारी दिएका छन् ।

    अक्सनमा सहभागी ६८ खेलाडीलाई ए, बी र सी गरी ३ समूहमा विभाजन गरिएको छ । जसमा समुह ए मा १३ जना, समुह बी मा ४३ जना र समुह सी मा १८ खेलाडी रहेको आयोजकले जानकारी दिएका छन् । हरेक फ्रेन्चाइजीले समुह ए बाट एक, समुह बी बाट ३ र समुह सी बाट २ खेलाडी अनिवार्य खरिद गर्नुपर्ने नियम रहेको छ ।

    समुह ए बाट ६ खेलाडी मार्की खेलाडीको रुपमा जानेछन् भने बाँकी ७ खेलाडी अक्सनमा रहनेछन् ।  इन्फिनिटी ड्रिम्सको आयोजनामा हुने लिगमा मधेश युनाईटेड, ललितपुर क्विन्स, काठमाडौं स्पाईकर्स, पोखरा निन्जाज, चितवन शक्ति र कर्णाली यशविस रहेका छन् भने यस सिजनमा लुम्बिनी लाभा थपिएको छ ।

    गतबर्ष भएको एभरेष्ट महिला भलिबल लिगको पहिलो संस्करण कर्णाली यशविसले जितेको थियो । कर्णालीले फाइनलमा ललितपुर क्विन्सलाई पराजित गरेर पहिलो उपाधि जितेको थियो । एभरेष्ट महिला भलिबल लिगको दोस्रो संस्करण भदौं २० देखि २८ गते‌सम्म हुनेछ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार