शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

संघीय संसदका पाँच समितिको बैठक बस्दै

संघीय संसदका पाँच समितिको बैठक बस्दै

श्रावण २, २०८२ शुक्रवार
श्रावण २, २०८२ शुक्रवार
  • संघीय संसदका पाँच समितिको बैठक बस्दै

    आज संघीय संसदका पाँच समितिको बैठक बस्दैछ । आज प्रतिनिधि सभाका अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, महिला तथा सामाजिक मामिला समिति र पूर्वाधार विकास समितिको बैठक बस्दैछ । त्यस्तै राष्ट्रिय सभाका विधायन व्यवस्थापन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैछ ।

    आज बिहान ११ बजे बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि संशोधनकर्ताहरू सांसदहरुसँग छलफल हुने कार्यसूची रहेको छ ।

    त्यस्तै बिहान ८ बजे बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा घले समुदायले छुट्टै जातिमा सूचीकृतको लागि समितिमा दिएको निवेदन बारे छलफल गर्ने कार्यसूची रहेको छ ।

    त्यसैगरी बिहान साढे ८ बजे बस्ने पूर्वाधार विकास समितिको काठमाडौं चक्रपथ, कलंकी-महाराजगञ्ज खण्डको डिपिआर बारे छलफल हुने कार्यसूची रहेको छ । त्यस्तै आज १२: १५ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा जलस्रोत विधेयक, २०८१ मा विज्ञसँग छलफल हुने कार्यसूची रहेको छ ।

    त्यसैगरी बिहान साढे ११ बजे बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा शान्ति सुरक्षा र अपराध नियन्त्रणको अवस्था, सुरक्षाकर्मीको मनोवल बढाउन पछिल्लो समयमा भएका प्रयासहरु बारे छलफल हुने कार्यसूची रहेको समितिले जनाएको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार